दुई सुत्केरी महिला - TopicsExpress



          

दुई सुत्केरी महिला शिशुसहित अलपत्र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दुई सुत्केरी महिला शिशुसहित अलपत्र परेका छन् । नवलपरासीको सुनवल चौराहा घर बताउने सुनिता नाउ र नवलपरासीकै दलदले घर बताउने सन्तु थापा अस्पतालमा अलपत्र परेका हुन् । सन्तुको ४ दिनको र सुनिताको दुई दिनको छोरा छ । सडकमा बेवारिसे भेटिएका महिलाको सुत्केरीपछि पनि घर ठेगाना पत्ता नलागेपछि अस्पतालमै अलपत्र परेको प्रहरीले जनाएको छ । अस्पतालले सन्तुको २ दिन अघि र सुनिताको एक दिनअघि डिस्चार्ज गरेको छ । आफन्त तथा आश्रय दिने कोही नभेटिएपछि प्रहरीको अनुरोधमा उनीहरु अहिले अस्पतालमै राखीएका छन् । दुवै आमा र शिशुको शारिरीक तथा मानसिक अवस्था भने राम्रै रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सडकमै सुत्केरी वेथाले छटपटिएकी सन्तुलाई बुटवलको चौराहा बीटमा रहेको प्रहरीले उद्धार गरी भदौ २ गते लुम्बिनी अञ्चल अस्पतालमा ल्याएको थियो । उनले त्यस साझ नै छोरा जन्माएकी थिइन् । यसैगरी रुपन्देहीको खैरेनी क्षेत्रको सडकमा सुत्केरी वेथाले अतालिएकी सुनिता नाउलाई ४ गते एम्बुलेन्समार्फत प्रहरीले नै अस्पताल ल्याएको थियो । उनले पनि त्यससाझ नै छोरा जन्माएकी थिइन् ।
Posted on: Fri, 23 Aug 2013 05:43:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015