नेकपा एमाले पर्वत - TopicsExpress



          

नेकपा एमाले पर्वत क्षेत्र नम्वर २ मा एमाले कै आधिकारिक उम्मेदवार बिरुद्ध बागि उमेदवार उठेपछि छटपटि बढेको छ । नेकपा एमालेको पर्वत क्षेत्र नम्वर २ का उमेदवार बिकास लम्सालको बिरुद्धमा बागि उमेद्धारी दिनुभएका हरिहर पोख्रेल लम्साललाई टाउको दुखाईको बिषय बनेको छ ।नेकपा एमाले पर्वत क्षेत्र नम्वर २ बाट बागि उमेदवारी दिनुभएका हरिहर पोख्रेलले चुनावी अभियानलाई अहिले गाउँ गाउँमा पु¥याउनुभएको छ । क्षेत्र नम्वर २ बाट प्रत्यक्षका उमेदवार बिकाश लम्सालको बिरुद्धमा बागि उमेदवार बन्नुभएका पोख्रेलले निर्वाचनमा आफुले अत्यधिक मत पाउने दाबी गर्नुभएको छ । हिजो देबिस्थानमा घरदैलो गर्नुभएका उहाँले आज खानीगाउँ र आजै मुडिकुवामा भेटघाट र घरदैलो गर्ने जनाउनुभयो । उहाँले नागरिकहरुको आफुप्रति ब्यापक उत्साह रहेको बताउनुभयो । एमालेले संस्थापन पक्षलाई निषेध गरी दुबै क्षेत्रमा वली पक्षलाई उठाएको भन्दै बिरोधमा बागि उमेदवारी दिएकोस्पष्ट पार्नुभएको छ । उहाँले जिल्लामा रहेका एमालेका नेताहरुले सामन्तबाद लाद्न खोजेको आरोप लगाउँदैे जिल्लामा उठेका एमालका उमेदवारहरुले जनताको बहुदलिय जनबादको ब्यापार गरेको टिप्पणी गर्नुभएको छ । आफ्नो उमेदवारीले उनीहरुलाई आच्छुआच्छु पारेको पोख्रेलले जिकिर गर्नुभयो । उहाँले २०३९ बाट कम्युनिष्ट राजनिती गर्दै २०४३ दखी ४५ सम्म अनेरास्वियुको अध्यक्ष भएर काम गर्नुभएको हो भने २०४५ सालमा जेल परेर बहुदल आएपछि २०४६ मा छुट्नुभएको थियो । एमालेमा लामो समय रहेर काम गर्दै आउनुभएका उहाँ २०४८ सालमा प्ररायु संघको संस्थापक सचिव र नेकपा एमाले धौलागिरी सम्पर्क कमिटीको बर्तमान सल्लाहाकार हुनुहुन्छ । एमाले संस्थापन पक्षलाई पाखा लगाएर पर्वतका दुवै क्षेत्रमा वली पक्षका उमेदवार सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएको थियो । उहाँले एमालेका आधिकारिक उमेदवार सामन्तीबादी चरित्रबाट प्रेरित भएको र निमुखा जनताको भावना बुझ्न नसक्ने जनाउनुभयो । उनीहरु प्रति जनताको असन्तुष्टि रहेको जनाउँदै उहाँले आफुले सारपक्षलाई बोकेर हिँडेकाले जनताको साथ आफुलाई भएकाले जुनसुकै हालतमा लम्साललाई क्षेत्र नम्वर २ बाट हराएरै छाड्ने जिकिर गर्नुभयो । Filed in: राजनीति, समाचार, सहारा न्यूज राष्ट्रिय दैनिक bhumirajsharma View all posts by bhumirajsharma → No comments yet. Leave a Reply Name (Required) Mail (will not be published) (Required) Website
Posted on: Wed, 23 Oct 2013 16:30:49 +0000

Recently Viewed Topics




© 2015