नेपाल फर्कन थालेका करीव - TopicsExpress



          

नेपाल फर्कन थालेका करीव ८० नेपाली क्वालालम्पुर विमानस्थलमा पक्राउ विभिन्न एयरलायन्सवाट नेपाल फर्कन थालेका करीव ८० जना नेपालीहरु सोमवार विहान क्वालालम्पुरको विमानस्थलमा पक्राउ परेका छन् । गैरआवासिय नेपाली संघका लेवर संयोजक निरोज गौलीका अनुसार वोडिङ पास लिईसकेपछि मलेसियाको अध्यागमन विभागले अनुसन्धान गरी छापा हान्दा उनीहरु समातिएका हुन् ।malaysia tower यसरी समातिनेहरुमा पुत्राजया अध्यागमन कार्यालयमा गई आउटपास नलिईकन सेटिङको माध्यममार्फत गलत वाटो अपनाएर घर र्फकन थालेकाहरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सवाट सोमवार १९० जनाले टिकट लिएको भएपनि ६२ जना यात्रुहरु अपुग भएको कारण क्वालालम्पुर विमान स्थलवाट प्लेन उड्न सकेको छैन । नेपाल एयरलायन्सकी कन्टि्र मेनेजर रसु कार्किले अनलाईनखवरसंग भन्नुभयो-’वोडिङपास लिएकाहरु मध्ये ६२ जना इमि्रगेसनले अफलोड गरिदिएको कारण केहि समस्या भएको छ ।’ उहाँले भन्नुभयो-’नेपाली दूतावासले दिएको ट्राभल्स डकुमेण्ट र इमि्रगेसनले दिएको आउट पासको अवधि हेरेर वोडिङ पास दिने गरेका छौँ, हामीसंग इमि्रगेसनले दिने आउट पास हेर्न मिल्ने सिस्टम हुँदैन, कुन सक्कली हो कुन नक्कली हो हामीले कसरी थाहा पाउने ? यस सम्वन्धमा नेपाली दूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले आफुले भर्खरै मात्रै जानकारी पाएको र तत्कालै त्यसको सम्वन्धमा पत्रचार गर्ने जानकारी दिनु भएको छ ।
Posted on: Mon, 23 Sep 2013 04:58:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015