नेपालको राजनीतिक - TopicsExpress



          

नेपालको राजनीतिक आन्दोलनको इतिहासमा संसदमा पुग्ने र राष्ट्रको ढुकुटी लुट्ने प्रवृत्तिको तिव्र विकास भएको कुरा दिनको घाम झै छर्लङ्ग छ । गण्डक वेच्ने कांग्रेस, महाकाली बेच्ने एमाले, विप्पा सम्झौता गर्ने, सिंगो अन्तराष्ट्रिय एयरपोर्ट भारतीय दलाललहरुलाई सुम्पन तयार हुने प्रचण्ड एण्ड बाबुरामको कम्पनीको एमाओवादी, देश नै भारतलाई वुझउनको लागि भारतीय विस्तारवादको मलजलमा नेपाली राजनीतिको केन्द्र भागमा पुगेर सत्तामा हालीमुहाली गर्ने मधेसवादी दलहरुलाई नेपाली जनताले पराजित गर्ने हो भने नेपालको मुहार फेरिने छ । जन्मको आधारमा नागरीकताको वितरण गरेर नेपाललाई फिजीकरण गर्न तयार हुने कांग्रेस, एमाले, एमाओवादी तथा मधेसवादी दलहरु नेपाली जनतलाई लुट्नको लागि नेपाली जनताका अगाडि चिल्ला कुरा गरेको रहेछन भन्ने पनी स्पस्ट भएको छ । त्यसकारण, नेपाली जनताले अब हुने संविधानसभाको निर्वाचनमा त्यसप्रकारका जनविरोधी, राष्ट्रघाती शक्तिहरुलाई आफ्नो अमुल्य मतले पराजित गर्नै पर्छ । एकातिर देशका नदी नाला भारतलाई वेच्ने अर्को तर्फ पश्चिमा साम्राज्यवादको इशारामा जातीय द्धैष सृजना गरेर जनतालाई विभाजित गरी नवसामन्त बन्न खोज्ने दलालहरुको प्रदाफास गर्दै जनता अगाडि बढ्नु अनिवार्य भएको छ । भारतीय विस्तारवादको ग्राइन डिजाइनमा नेपाल भित्राइएको संघीयताका विरुद्ध लड्ने, न्याय, स्वतन्त्रता, समानता, भातृत्वको पक्षमा अविचलित संघर्ष गर्ने, गणतन्त्रको संस्थागत, राष्ट्रियताको पक्षमा लड्ने नेपालको राजनीतिक पार्टी भनेको राष्ट्रिय जनमोर्चा हो । नेपाली जनताले भुल्नु हँुदैन कि जब देशमा संकट पर्दछ, देशमा जनता माथी ज्यादती हुन्छ, त्यती वेला राष्ट्रिय जनमोर्चा नेपाली जनताको शैशाखी बनेर नेपाली जनताको छाता बनेर संघर्षको मैदानमा उत्रेको ताजा इतिहास र वर्तमान हाम्रा आँखा अगाडि प्रस्ट छ ।
Posted on: Mon, 30 Sep 2013 14:32:00 +0000

Trending Topics



Recently Viewed Topics





© 2015