नेपालको राष्ट्रियता - TopicsExpress



          

नेपालको राष्ट्रियता भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमिकता प्रति प्रतिबद्ध रहि जुनै दलको भएपनि जुनै जात, धर्म,साम्प्रदाय,क्षेत्र,संस्कृतिको भएपनि म नेपाली हुँ र नेपाली हुनुमा गौरव गर्छु । यो देशको झण्डा मेरो शीर हो, त्यसलाई चोट पुग्दा म सहन सक्दिन । नेपाल मेरी आमा हुन , ऊनी रुदा म कदापी हाँसेर बस्न सक्दिन । यो देशको नागरिक हुनुमा म आफुलाई सबैभन्दा बढी भाग्यमानी सम्झन्छु । अहिले केही समस्या मेरो देशलाई छ त्यसले म कदापी विचलित छैन झन सहनसिल र बलवान बन्दै छु । तै पनि यो मेरो देशको समस्यालाई कमजोरीका रुपमा बुझेर मेरो देश, मेरो नेपाली जाति र मेरो झण्डा माथि धावा बोल्छ भने म हिजो तोप र मेसिनगनसँग खुकुरीको भरमा लडेको , मलाई र मेरो देशलाई अपमान गर्ने मेरो छिमेकी नै हो भने पनि कदापी छोड्ने छैन ।
Posted on: Tue, 01 Oct 2013 14:56:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015