पेन्सिल :- मलाई माफ गर्नु - TopicsExpress



          

पेन्सिल :- मलाई माफ गर्नु । इरेजर :- के को लागि माफ गर्नु ???? तिमीले केही गल्ती गरेकै छैन त । पेन्सिल :- Im सरी, मेरो कारणले तपाइलाई दु:ख भयो । जब म बाट गल्ती हुन्छ तपाईंले सधैं मेरो गल्तिलाई सच्याइ दिनुहुन्छ,,,तर मेरो गल्तिलाई सच्याउदा सच्याउदै तपाईं खिएर झन झन सानो बन्नुहुन्छ र सकिनु हुन्छ । इरेजर :- । तिम्रो कुरा सही हो,,,,,, तर तिम्रो गल्तिहरुलाई सुधार्न को लागिनै म बनेको हुँ । मलाई थाहा छ तिम्रो गल्तीलाई सुधारदा सुधारदै एक दिन मैले सकिनु पर्ने छ . तर मलाई कुनै दु:ख र गुनासो छैन,, म खुशी नै छु । त्यसैले तिमी मेरो कुनै चिन्ता नलेउ । तिमी दुखी भएको मलाई राम्रो लाग्दैन । . . हाम्रा अभीभाबकहरु हाम्रो लागि इरेजर जस्तै हुन अनी हामीहरु चाँही पेन्सिल । जसरी पेन्सिलको गल्ती इरेजरले सुधारछ त्यसरी नै हाम्रो गल्तिहरुलाई सुधारेर सही बाटो हाम्रो बुवा आमाले हामीलाई देखाउनु हुन्छ । हाम्रो गल्तीहरु सुधारदा सुधारदै हाम्रो बुवाआमाहरु पनि इरेजर जस्तै खीइदै जानुहुन्छ ( बुढो हुनुहुन्छ) र संसारबाट बिदा हुनुहुन्छ । त्यसैले आफ्नो आमाबुवाहरुको राम्रो ख्याल राख्नु पर्छ र उहाँहरुसँग सधैं नम्र भएर मिठो बोल्नु पर्छ । यदी बुवाआमा हाम्रो वाल्यकाल्को लाठी हो भने हामी पनि बुवाआमाको बुढेसकालको लाठी बन्नु पर्छ । . अन्त्यमा ;- यदी तपाईं आफ्नो आमाबुवाको आदर र सम्ममान गर्नुहुन्न भने पछी आफ्नो सन्तान बाट पनि कुनै आशा नगरनुहोला किन कि तपाईंले जती मायागरेर आफ्नो सन्तानलाई हुर्काउनु हुन्छ त्यतिनै माया गरेर तपाईंलाई पनि तपाईंको बुवाआमाले हुर्काउनु भएको हुन्छ । सावधान :- बुवाआमालाई लत्याएर श्रीमिती लिएर हिंड्नेहरु । . आमाबुवालाई आदर अनी सम्मान गर्ने साथीहरुले शेयर गरीदिनुहोला ।
Posted on: Wed, 30 Oct 2013 11:31:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015