प्रेस - TopicsExpress



          

प्रेस विज्ञप्ति एमाओवादी अध्यक्षको धम्किपुर्ण अभिव्यक्ति प्रति खेद गोरखा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या अनुसन्धानको प्रक्रियालाई ठाडो चुनौति दिने गरि मिति २०७०।०५।१८ गते नागरिक दैनिक लगायतका सञ्चार माध्यमद्वारा सम्प्रेषित एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालका धम्किपुर्ण अभिव्यक्तिहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सम्प्रेषित समाचार अनुसार अध्यक्ष दहालले द्वन्द्वकालिन घटना आफ्नो नेतृत्व र निर्देशनमा भएको हुँदा त्यसको जिम्मेवारी आफैले लिने र ताकत भए आफु र सो पार्टिका अर्का नेता डा. बाबुराम भट्टराईलाई पक्राउ गरेर देखाउन धम्क्याउनु भएको छ । दहालको उक्त अभिव्यक्तिले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणलाई प्रश्रय दिई दण्डहिनताको वर्तमान अवस्थालाई थप जटिलता तर्फ धकेल्न नियोजित ढंगबाट व्यक्त भएको हो भन्ने हाम्रो बुझाई छ । सशस्त्र संघर्षमा कुनै सहभागिता नभएका सामान्य नागरिकको हत्या जस्तो गम्भिर अपराधका सम्बन्धमा प्रचलित कानुन अनुरुप अगाडि वढेको अनुसन्धान तहकीकात प्रकृयालाई अवरुद्ध पार्ने, फौजदारी अनुसन्धानको न्युनतम दायित्व निर्वाह गर्नबाट सम्बिन्धत निकाय तथा पदाधिकारीहरुलाई विचलित पार्ने, पिडितहरुलाई न्याय खोज्न हतोत्साहित गर्ने एवं अन्तराष्ट्रिय जगतलाई नेपाल भित्र न्यायको सम्भावना टुंगिदै गएको सन्देश प्रवाह गर्ने गरि सार्वजनिक भएका उक्त गैर जिम्वेवार अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछौ । पूर्व प्रधानमन्त्रिको भुमिका निर्वाह गरिसकेको एउटा व्यतिmको यस किसिमको सार्वजनिक अभिव्यक्ति आउनु नेपाल र नेपालीका लागि लज्जा जनक हो । साथै, एमाओवादीले शान्ति सम्झौता लगायतका दस्तावेज मार्फत पटक पटक दोहोराउदै आएको न्याय, मानवअधिकार र कानुनी शासन प्रतिको प्रतिवद्धतालाई वेवास्ता गर्दै, जुनसुकै व्यतिmका विरुद्धमा प्रचलित कानुन अनुरुप गरिने फौजदारी अनुसन्धान प्रकृयालाई प्रभाव पार्ने गरि भएको दहालको उक्त अभिव्यक्तिले आशन्न संविधानसभा निर्वाचनलाई सन्त्रासपुर्ण वनाउने तथा स्वतन्त्र, निष्पक्ष र शान्तिपुर्ण निर्वाचनलाई प्रभाव पार्ने निश्चित छ । हस्ताक्षरकर्ताहरुः सुशील प्याकुरेल, मन्दिरा शर्मा, कनकमणि दीक्षित, चरण प्रसाई, सुवोध प्याकुरेल, टिकाराम भट्टराई, प्रा. कपिल श्रेष्ठ, दिनेश त्रिपाठी, जनक राउत, सुमन अधिकारी, सावित्रि श्रेष्ठ, चिरञ्जीवि वासकोटी, सितु जोशी (घिमिरे), फणिन्द्र लुइटेल, चन्द्र कान्त ज्ञवाली, बामदेव ज्ञवाली, रवि खनाल, ओम प्रकाश अर्याल, राजु चापागाँइ, सरोज कृष्ण घिमिरे, श्याम नारायण श्रेष्ठ, पिताम्वर सिलवाल, देवेन्द्र प्रसाद मैनाली, रमेश कुमार रोका, हस्ताक्षरकर्ताहरुको तर्फबाटः सुशील प्याकुरेल ९८५१०६८०८१
Posted on: Thu, 05 Sep 2013 02:56:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015