#फुटबल #बिशेष हिजो भारत र - TopicsExpress



          

#फुटबल #बिशेष हिजो भारत र पाकिस्तान बिचको खेल हेरेर एक नेपाली दर्शक #सुकराम_गुरुङ लेख्नुहुन्छ... हिजोको india vs pakistanको खेल हेर्दा बल mostly पाकिस्तानको नियन्त्रणमा देखिन्थ्यो , तर गोल गर्नबाट भने चुके । कारण ईन्डियाको डिफेन्स दरो थियो यद्दपि पाकिस्तानको डिफेन्स पनि कम्ताका थिएन , तर त्यहि सानो मिस्टेकले गर्दा भएको आत्माघाति गोल नै पाकिस्तानको लागि हारको सिकार बन्यो । यस्तो गल्ति बारम्बार दोहोरिदैन । यसरि हेर्दा खेल कस्ले जित्छ कस्ले हार्छ यसै भन्न सकिदैन । उता नेपालको कुरा गर्नु पर्दा अस्ति बगंलादेश सँगको खेलमा 1st half मा त राम्रै खेलेको पाईयो , तर 2nd half पछि खेलाडिहरुबिच selfish भएको पाँए । आ-आफैले मात्र गोल गर्न तर्फ लागे जुन सफल भएन । यदि यस्तै तालले खेल्ने हो भने भोलिको पाकिस्तानसँगको गेममा नेपालले राम्रो नतिजाल्याउछ भन्न सकिदैन । नेपालि फुटबल प्रेमिहरुलाई न्याय दिन र जितलाई निरन्तरता दिन नेपालि फुटबल प्लेयरहरुले एकआपसमा मिलेर खेल्नै पर्छ ,एक आपसमा समन्वय हुनै पर्छ ,युरेपेलि देशहरुमा जस्तै । आशा गरौ प्रशिक्षक ज्याक स्टोफोनिक्सले खेलाडिहरुलाई सम्झाउनेछ र भोलि पाकिस्तानलाई पनि यसै गरि हराउनेछ ,क्रमश अरुलाई पनि यसै गरि हराउनेछ अनि पहिलोचटि साफ च्याम्पियन बन्नेछ । जय गोर्खालि । जय गोर्खालि ।। जय गोर्खालि ।।।
Posted on: Mon, 02 Sep 2013 03:03:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015