बितेको कुरा बिती गयो - TopicsExpress



          

बितेको कुरा बिती गयो चोखो प्रीति थियो छुटी गयो एकै रातको सपना रैछ उज्यालो भो टुटी गयो । बिगतलाई कोट्टयाउनु नै, घाउ ठूलो पार्नु रैछ पीडाभित्र पीडै रोपी, नयाँ व्यथा सार्नु रैछ बिर्सि दिन्छु भन्नु नै, सम्झी राख्नु हो ओइलिएको फूल टिपी, माला गाँस्नु हो । जति सम्झ्यो सुक्नु पर्ने, खडेरीको बाली जस्तै हिवैंहिउँले पुरिएको, बगैचाको माली जस्तै सम्झी राख्छु भन्नु नै, आधी जिउँनु हो एकान्तलाई साक्षी राखी, आँसु पिउनु हो
Posted on: Fri, 25 Oct 2013 03:00:45 +0000

Trending Topics




© 2015