बाबुले नयाँ कार किन्यो र - TopicsExpress



          

बाबुले नयाँ कार किन्यो र घरमा लगेर पार्क गर्यो, छोरोले बाबुको नयाँ कार देखेर खुसि हुँदै दौडेर बाबुकहाँ पुग्यो, सानो ढुङ्गो टिप्यो, सेतो कारमा रगद्यो र केहि लेख्यो, छोरोको त्यो प्रवृतिले बाबु चिढियो, रीसले खपीनसक्नु भएपछि एउटा ह्याम्मर ल्याएर बेस्मारी छोरोका औंलामा थिच्यो, जताततै प्रहार गर्यो, छोरोको क्रन्दन र रुवाई उसको आवेशको अघि निस्तेज भयो अनि छोरो बाण लागेको चरोझैं खुत्रुक्क भुइँमा पछारियो ! जब उसको रीस शान्त भयो अनि उसले छोरोलाई बोक्यो र हस्पिटल कुदायो, आकस्मिक कक्षमा उसको अत्याधुनिक उपचार भयो, छोरो बाँच्न त बाँच्यो तर उसका हातका औंलाहरु सबै गुमे ! छोरो बेहोसीबाट उठेपछि आफ्ना हातका औंला माग्दै सोध्यो, " बाबा मेरा औंला खोई त ? कहिले आउँछन् ? " बाबु केहि बोल्न सकेन, आँखा डम्म आँसुले भरिए, अगाडिको सारा दृश्य नै भूकम्प आएजस्तो हल्लियो, टेकेको ठाउँ नै धर्मरायो ! फरक्क फर्केर उ कार भएको ठाउँमा गयो, अन्धाधुन्ध कारमा लात्ती प्रहार गर्यो, सीसा फुटाईदियो एकैछिनमा कार छिन्नभिन्न अबश्थामा पुग्यो, तर छोराका गुमेका औंला फिर्ता भएनन्, छोरोको खुसि फिर्ता भएन, उसले निराश हुँदै एकटक लाएर कारमा छोरोले रगडेको ठाउँमा हेर्यो, त्यहाँ लेखिएको थियो, " ड्याड ! लभ यु सो मच "
Posted on: Fri, 02 Aug 2013 16:16:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015