बर्दियामा नेपाली - TopicsExpress



          

बर्दियामा नेपाली नागरिकको घरमा छापा मारेको विरोधमा बिहीबार बिभिन्न राजनीतिक दलले प्रदर्शन गरेको छ । भारतीय डिएसपी सहित १४ जनाको टोलीले बर्दिया गुलरियाका मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाल प्रहरीको समन्वय विना बुधबार छापा मारेको विरोधमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा राजनितिक दलका नेता कार्यकर्ताहरुले भारतले नेपालको स्वाधिनतामाथि हस्तक्षेप गरेको भन्दै कडा नारावाजी समेत गरेका थिए । भारतीय प्रहरीलाई हत्या गरेको अभियोगमा फरार रहेका मोना सरदार श्रेष्ठको घरमा लुकेको आशंकामा भारतीय प्रहरीले छापा मारेको थियो । बर्दिया सदरमुकाम गुलरीयाको राधाकृष्ण चोकमा भएको कोणसभालाई सम्बोधन गर्दे बिभिन्न राजनितिक दलका नेताहरुले भारतीय ज्यादती बढदै जाँदा नेपाल सरकार मौन बस्नुले नेपालीको स्वाभिमानमा ठेस पुगेको बताएका थिए । यूपी ३१ जी ००४० नबरको गाडी चढेर ७ जना पोशाकसहित र ७ जना बाहिरी पोशाक लगाएका भारतीय प्रहरीको टोली छापा मार्न आएको थियो । अन्र्तराष्ट्रिय मान्यता अनुसार कुनै अर्को देशमा दुई देशको प्रशासनिक समन्वय भएपनि छापा मार्न नपाइने कानुनी मान्यता छ । News Live Download राजनीति
Posted on: Fri, 20 Sep 2013 00:32:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015