बहिनीको हत्या गरेको - TopicsExpress



          

बहिनीको हत्या गरेको स्वीकार नुवाकोट, असार ७ – नुवाकोट सामरीका एक युवाले आफ्नै बहिनीको हत्या गरेको खुलेको छ । सामरी ५ गंगटोका १७ बर्षिय बीरबहादुर तामाङले घरमा नागरिकता बनाइदिन पटक पटक भन्दा पनि चासो नदिएको भन्दै गएको जेठ ३० गते बहिनी १४ बर्षिया सन्तमाया तामाङको हत्या गरेको स्वीकारेका प्र जनाएको छ । हत्या गरी फरार भएका बीरबहादुरलाई विहीबार काठमाडौंबाट पक्राउ गरेपछि हत्याको कारण खुलेको प्रहरी निरीक्षक कुशनकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले शुक्रबार नुवाकोट सदरमुकाम विदुरमा वीरबहादुरलाई सार्वजनिक गरेको छ । राती बहिनीलाई कालिज मार्न जाने भनेर घर नजिकैको जंगलमा लगेर हत्या गरेको अभियुक्तले बताएका प्रहरीले जनाएको छ । वीरबहादुरलाई अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गराएको छ ।
Posted on: Sat, 22 Jun 2013 00:38:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015