भनिन्छ रोग लागेर उपचार - TopicsExpress



          

भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन बेश ,र "Health is Wealth" स्वास्थ्य नै धन हो।यस्तो कुरा थाहा हुँदा हुँदै पनि मानिसहरुले किन आफ्नो स्वास्थ्य सम्बन्धी हेल्चक्र्याइ गर्छन् त?वा स्वास्थ्य सम्बन्धी जानकारी नभयरनै बारम्बार स्वास्थ्यको खेलबाट गरिराखेका छन त? जे भए पनि ग्रामीण भेगका मानिसहरुका चाँही स्वास्थ्य सम्बन्धी जानकारी नभयरनै यस्तो रोग हरु लाग्ने गर्दछ भनेर निस्कर्ष निकालेको सामाजिक अनुसन्धानले देखाउछ । यदी तपाईंहरु पनि आफ्नो स्वास्थ्यको हेल्चक्र्याइ गर्नु हुन्छ भने पनि सुधार गर्ने वानी वसाल्नु होला र थाहा छैन भने पनि तलको कुराहरु सिकिरहनु अत्त्यन्तै जरुरी छ । १-विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानीस हरुले नुन्,तेल्,चिनी जस्ता अत्या-आवश्यक खाद्यपदार्थहरु पहिलेनै स्ट्फ गरेर राख्ने गर्दछन्।यातायातको अभाबले गर्दा र त्यसरी किनेको मुल्यमा फाईदा या सहुलत हुनाले यस्तो गर्छन् तर यस्ले स्वास्थ्यलाई प्रतिकुल असर पार्दछ किनभने तपाईंको खाध्यपदार्थ हरुको date expire हुन्छ। यस्तो expire भएको खाद्यपदर्थहरु प्रयोग गर्नाले स्वास्थ्यलाई हानी पुर्याउछ।तपाइले कुनै पनि सामान किन्दा जहिले पनि सामानको date expire भएको छ् कि छैन ?राम्रो सँग हेरेर मात्र किन्ने वानी बसाल्नु पर्छ। २-तपाइको घरमा गाईं भैंसी दुहुने छ भने दुध दुहुँदा राम्रो सँग गाईं भैंसीको थुन र तपाईंको हात साबुन पानीले सफा गरेर मात्रा दुहुनु होलर र सफा दुधलाइपनी राम्रो सँग उमालेर मात्रा पिउनुहोला किनकी गाईं भैंसीको दुधमा कोलिफर्म हरु हुन्छ त्यो कोलिफर्महरु गाईं भैंसीको दिशा पिशाप बाट सर्ने गर्दछ त्यसैले चर्पी प्रयोग गरी सके पछी सबुन पानीले राम्रो सँग हात खुट्टा धुनु होला र वालवच्चालाई पनि हात खुट्टा धुने वानी बसाल्न सिकाउनु होला ३- चुरोट, खैनी जस्ता सुर्ती जन्य पदार्थहरु प्रयोग नगरनुहोला किनकी सुर्ती जन्य पदार्थहरुवाट Lung cancer हुन्छ भन्ने कुर थाहानै छ । यदी पहिल्यै देखी प्रयोग गर्नु भएको छ भने पनि विस्तारै त्यसबाट टाढा हुने प्रयास गर्नु होला र बढी पानी पनि पिउने बानी पनि बसाल्नु होल बढी पानी पिउनाले अलिकती भए पनि तपाईंको शरीरलाई स्वस्थ राख्न टेवा पुर्याउछ। ४- विशेषगरेर महिलाहरुले पुरुष ले भन्दा बढी आफ्नो सौन्दर्यता लाई बढी priority दिने गर्दछ त्यसैले मोटायमा खानै नखाइ भोग भोकै बस्ने गरेको पाईन्छ।त्यो गलत हो मोटाउने भनेको तपाईंको शरीरले चाहिने भन्दा बढी आराम पाउनु,exercise हरु कम् हुनु हो र तपाईंको शरीरलाई चाहिने भन्दा बढी प्रोटिन्,चिल्लो पदार्थहरुको प्रयोग गर्नाले तपाईं मोटाउनु हुन्छ त्यसैले balance diet गर्नु होला तर खाना नखाइ बस्ने भन्ने होइन खाना नखाइ बस्नाले तपाईंलाई आन्द्रा सम्बन्धी समस्या gastrointestinal problem हुन्छ। ५- हाम्रो शरीरलाई चाहिने भन्दा बढी चिल्लो पिरो र अमिलो खनाले तपाईंलाई Gastric हुन्छ। विशेषगरी ग्रामीण क्षेत्रको भन्दा पनि शहरी क्षेत्रको पुरुष को तुलनामा भन्दा बढी महिलाहरु, त्यस्मा पनि १४/१५ देखी २४/२५ बर्ष सम्मका युवतिहरुले चना चट्पट र पानीपुरिहरु खाने गर्दछन्।त्यसैले त्यस्ले पनि हाम्रो शरीरलाई प्रतिकुल असर पार्दछ। ६-विशेषगरी पुरुष हरुको तुलनामा भन्दा बढी महिलाहरुमा पेट सम्बन्धी समस्या हुने गर्दछ जस्तै पथ्थरि,ग्यास्ट्रिक्,अल्सर्,दम्,मुटु सम्वन्धी समस्या, गानु गोलार पाठेघर सम्बन्धी समस्या हुने गर्दछ हाम्रो गाउँघरमा के मान्यता रहेको छ भने महिलाहरु सुत्केरी भई सके पछी diet को लागि भनेर शरीरलाई चाहिने भन्दा बढी माछा मासु र चिल्लो पदार्थहरु खुवाइन्छ त्यसैले गर्दा महिलाहरुलाई बिस्तारै त्यस्को असर पर्न जान्छ त्यसैले पेट सम्बन्धी समस्या त हुन्छनै त्यस्मा पनि चाहिने भन्दा बढी मोटाउनु र पुरुष हरुको तुलनामा भन्दा बढी अस्वथ हुने गर्दछ। अर्को समस्या भनेको विवाह गरे पछी बुहारीलाई छोरी सरह व्यवहाँर नगर्नु खान पिनमा भेद भाब गर्नु र सुत्केरी भएपछी सन्तुलित भोजनहरुको कमी गराइदिनुले पनि स्वास्थ्य सम्बन्धी नकरात्मक असर पर्दछ अर्को समस्या भनेको हाम्रो समाजमा विवाह बर्तबन्ध,पुजा भोज्-भतेर मा खानेकुराहरु free हुने हुनाले मानीसहरुले आफ्नो शरीरले चाहिने भन्दा बढी पौषटिकतत्वहरु को प्रयोग गर्नाले पनि स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन्छ। त्यसैगरी धर्मको नाम मा भोकै बस्नुले पनि स्वाथ्यमा प्रतिकुल असर पर्दछ त्य्सैले अब देखी चिल्लो पदर्थहरुको कमी र पुरानो अन्धविस्वाश लाई पनि बिस्तारै विस्वा पर्छ जस्तो लाग्छ।किनकी तपाईंको सारीलाई चाहिने भन्दा बढी भिटामिन, प्रोटिन र चिल्लो पदार्थहरुको प्रयोग गर्नाले र exercise हरु कम गर्नाले तपाईंको पल्मोनरी धमनिहरुले काम गर्दैन र पौषटिक्तत्त्व हरुको कमी भयो भने पनि हाम्रो मुटुले शरीरमा रगतहरु पठाउन सक्दैन त्यसैले रक्तसन्चार प्रकृयामा असर पर्नुको साथै cardiovascular disease लाग्ने हुन्छ। यदी तपाईं सँग स्वाथ्य सम्बन्धी जानकारी छ र छैन भने पनि यि माथिका स्वाथ्य सम्बन्धी सामान्य जानकारीहरु अध्ययन गर्नु भएको छ भने तपाईंको टोल्,छर छिमेक र समाजमा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरी दिनु होला र "स्वस्थ शरीरका लागि स्वस्थ जीवन" विताउ धन्यवाद। Like · · Share
Posted on: Tue, 02 Jul 2013 14:38:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015