म मात्रै - TopicsExpress



          

म मात्रै प्रधानमन्त्रीको दावेदार हुँ RBC नेपालगन्ज, कार्तिक १२ - संविधानसभासदस्यको निर्वाचनमा रहेका एमालेका उपा वामदेव गौतमले निर्वाचनपछि प्रधावमन्त्री हुने दावी गरेका छन् । चुनाव प्रचारमा रहेका भएका बर्दिया क्षेत्र नम्बर १का उम्मेदवार तथा एमालेका उपाध्यक्ष गौतमले एमालेबाट आफू मात्र प्रधानमन्त्रीको दावेदार भएको बताए । सशस्त्र प्रहरी बल लिएर भोट माग्दै हिँडेका गौतमले बर्दियाको बासगडी बजारमा मंगलबार कान्तिपुरसितको कुराकानीमा एमालेले आफू बाहेक अरु नेतालाइ प्रधानमन्त्री नबनाउने दावी गरे । एमालेबाट म मात्रै प्रधानमन्त्रीको दावेदार हुँ उनले भने, अब प्रधानमन्त्री हुने पालो पनि मेरै हो । गौतमले निर्वाचनमा हस्तक्षेप गर्ने गरी एमाओवादी बर्दियाको पूर्वी उत्तर क्षेत्रमा आफना कार्यकर्ताहरुलाई सैन्य तालिम दिएको आरोप पनि लगाए । उनले बर्दियाका ४वटै जिल्लालाई एमालेको लालकिल्ला बनाउने चुनाव प्रचार अघि बढाएको बताए ।
Posted on: Tue, 29 Oct 2013 15:29:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015