मलाई अचम्म लाग्छ, कहिले - TopicsExpress



          

मलाई अचम्म लाग्छ, कहिले काहिं मनमनै हाँस पनि उठ्छ, जसोजसो बराज्यु सोहिसोही नाती भने झैँ अरुले जसो जसो गरे तेसैतेसै गर्नु पर्ने यो मान्छेको जात लाई! राम्रो कुरा को पछि लाग्नु राम्रो कुरा हो र कपि गर्नु पनि राम्रै कुरा हो तर नराम्रो कुराको नराम्रै परिणाम् हुन्छ भन्ने कुरा हरु पनि भुल्नु हुन्न। यहाँ म धेरै मित्र हरु लाई हेरी रहेकोछु धेरै गलत गरी रहेका छन, फेक आइडि बनाएका साथी हरु ले जसो जसो गरेका छन तेस्मा कमेन्ट गर्ने अनि जानी नजानी अपसब्य गाली गलौज गर्ने, मनपरी भन्ने नराम्रो व्याख्या गर्ने गरेको देख्छु। जस्लाई क पनि थाहा छैन जस्को बारेमा वाहियत रुपमा बोलेको देख्छु। प्राय गरेर नेता हरु लाई गाली गरेको देख्छु, जस्लाई राजनीतिको नाम मा र पनि थाहा हुँदैन त्यस्तो ब्याग्ति ले के बुजेको हुन्छर गाली गर्नु? प्रतिदण्डी लाई हराउन जे पनि भन्छन लेख्छन त्यो आफ्नो ठाउँ मा छ, तर यहाँ त आँफै नेता हुँ जस्तो गरेर दुनियाँ भरि को भय नभय को कुरा कमेन्ट गरेको देख्छु। आफुले खानेको खाडल मा आँफै जाकिन्छ है मित्र हरु ध्यान दिनु होला। अहिले कमेन्ट गर्दा, साडी चोलो लगाए को फोटो पोस्ट गरिदिदाँ छिणिक मज्जा लाग्ला तर पछि तेस्को परिणाम् भोग्नु पर्दा ठीक उल्टो होला। जानेको र बुजेको कुरा पोस्ट गर्नुहोस सबै बाट स्याबासी पाउनु हुनेछ, ज्ञान बर्दक कुरा पोस्ट गर्नुस आफुले पनि जानिन्छ अरुले पनि जान्ने मौका पाउनेछन। तर अर्का को बाछो चाटि मुखमा रौँ भने जस्तो पारा नगरनु नै उत्तम हुनेछ। आकाश लाई थु गरेर थुको भने आफ्नै मुखमा थुक पर्छ। राजा / नेता हरु भनेका हाम्रो औकात भन्दा धेरै माथिका ब्याग्ति हुन सक्नु हुन्छ भने उनिहरु को कमी कम्जोरी लाई औंल्याइदिनुस यो ठाउँमा गलत भयो यो गर्नु नराम्रो कुरा हो भनेर आफुले जानेको तर्क दिनुस सबै ले तपाईंको समर्थन दिनेछन। सुको भरमा र अरे को भरमा नकुद्नुहोस लद्नु होला। काग ले कान लगो भनेर काग को पछि नकुद्नु होस पहिले कान छाम्नु होस साच्चै काग ले कान लगेको होकी खाली हल्ला मात्र गरेका हुन पहिले पत्ता लगाउनुहोस्। त्यतिकै होहारेमा नकुद्नु होस। एकपल्त राम्ररी सोच्नुहोसत मित्र तपाईं ले २ शब्द गाली गर्दा नेता को फोटोलाई साडिचोलो लगाएर पोस्ट गर्दा, नेता को टाउको कुकुर को फोटो मा जोडेर पोस्ट गर्दा तपाईं लाई के फाईदा हुन्छ? पछि केही कारण बस तेही कुराले गर्दा सजाय भोग्नु पर्‍यो भने जेल जानु पर्‍यो भने तपाईं र तपाईंको परिवार को के हालत होला? मेरो कुरा लाई नराम्रो नसोच्नु होला मैले वास्तबिक कुरा गर्दैछु। यहाँ धेरै उदारहण हरुछन एउटा लाइक ले एउटा कमेन्ट ले गर्दा कती बर्ष जेल चलान भयका छन मनिष हरु। मित्र हरु यो आइ पि भट्टराई लाई के मतलब भन्ने नठान्नु होला मैले जानेको कुरा भन्दैछु। घाम छंदै बिस्कुन सुकाउनुहोस् घाम अस्ताय पछि बिस्कुन सुकाएर फाईदा छैन। बेलै मा बुद्दी पुर्‍याउनु होसहै मित्र हरु पछि पछुताउनु पर्ला नि? अरुले पोस्ट गरे अनि मैले पनि गरेको भनेर बच्नु हुन्न नि परे पछि। नेता भनेका नेता हुन। उनी हरु सँग देश चलाऊन सक्ने खुबिछ। आगो मा हात हल्ने कोशीस नगरनुस है आगोले हात पोलिदिन्छ। आत्था भनेर रुनु होला। तपाईं लाई सुक्ख हुँदा तपाईं राम्रो ठाउँमा हुँदा सबैले साथ् दिन्छन। परेको बेला आपत परेको को बेला केवल तपाईं एक्लै हुनुहुनेछ। तेसैले तातो पानी ले घर कहिलेइ डढदैन तपाईंले भनेर नेताको एउटा भुत्लो पनि झर्दैन तर नेता ले तपाईं लाई बर्बाद गर्न सक्छ तपाईंलाई पत्तै हुँदैन। तेसैले मित्र एस्तो नराम्रो काम नगरौ। सकिन्छ भने राम्रो काम गरौ सकिदैन भने नराम्रो काम गर्ने पनि हामी लाई अधिकार छैन। तपाईं हरु लाई आइ पि भट्टराई ले भनेको कुरा सहि हो राम्रो हो जस्तो लाग्यो भने लाइक गर्नु होला। मिठो कमेन्ट लेखिदिनु होला बाँकी हजुर हरुको बिचार । उहि तपाईं हरु को मित्र आइ पि भट्टराई.....
Posted on: Tue, 06 Aug 2013 09:08:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015