रुख चिन्हमा भोट हाल्ने - TopicsExpress



          

रुख चिन्हमा भोट हाल्ने सम्पूर्ण बाग्लुंगबासीमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु । सबैभन्दा ठुलो कुरा त विभिन्न अराजक तत्वोको प्रयास बाबजुद केहि जघन्य घटना नभई मुलत: शान्तिपूर्ण रुपमा मतदान भयो। भोट हाल्न ७०% भन्दा बढी जनता केन्द्रमा आउनुले प्रजातन्त्रको पक्ष्यमा ठुलो जनलहर देखिएको छ । यो नै सबैभन्दा ठुलो र सबैको जित हो । News update (Dhaulashree newsdesk): बागलुङबाट एमाले बढारिने संकेत पहिलो संविधानसभाको निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट विजयश्री प्राप्त गरेको नेकपा एमालेलाई यस निर्वाचनमा त्यो विजयश्रीलाई कायम राख्न फलामको च्यूरा चपाउनु जस्तै भएको राजनीतिकवृत्तमा विश्लेषण गरिदै छ । उनिहरुको विश्लेषणलाई मान्ने हो भने, एमालेको आन्तरिक मनमोटाव, घात अन्तर्घात, टिकट वितरणमा गुच्चा खेलाई, बागलुङ नगरपालिकाका मतदाताहरुमा उर्लेको ‘रुख प्रेम’ नै एमालेको पराजयको मुख्य कारण हुनेछ । बास्तवमा एमालेले आशा गरेको क्षेत्र नै १ नम्वर हो । यस क्षेत्रमा उसले न्वारन देखीको बल लगाएको पनि छ । तर परिस्थिति एमाले अनुकूल देखिदैन । त्यसैले विश्लेषकहरु १ नं एमालेको हातबाट फुत्कियो भने बागलुङ जिल्लाबाट एमाले बढारिन्छ । ( ebaglung/?p=114580 बागलुङको कुन गाविसमा कति मत खस्यो ? ebaglung/?p=114589 News update (Nawasandesh newsdesk): बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ७५ प्रतिशत मत खस्यो, बुधबार सांझसम्म मतगणना शुरु हुने nawasandesh/archives/3949.html
Posted on: Tue, 19 Nov 2013 20:50:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015