विदेशबाट फर्किएका १ सय - TopicsExpress



          

विदेशबाट फर्किएका १ सय ९० जना थुनिए सोभित थपलिया काठमाडौं, असार ७ गते । लामो समय सम्म विदेशमा काम गरेर नेपाल फर्किएका नेपाली कामदार अन्तर्राष्ट्रियविमान स्थलबाटै प्रहरी हिरासतमा पर्ने गरेका छन् । चालु आवको वैशाखयता मात्रै १ सय ९० कामदार पक्राउ परिसकेका छन् । अन्तर्राष्ट्रियविमान स्थलको अध्यागमन कार्यालयमा पासपोर्ट देखाए पछि कामदार घरमा नभएर थुनामा पर्ने गरेको अध्यागमन विभागले बताएको छ । वैशाखमा ८५ जना, जेठमा ८२ जना र असारमा २० जना नेपाली कामदार समातिएका छन् । अध्यागमन विभागका अधिकृत देवर्षि सापकोटालेभने, ‘पाँच हजार जोगाउन अर्काको पासपोर्टमा आफ्नो फोटो राखेर, विदेशको बाटो प्रयोग गरेर खाडी मुलुकमा गएकाकामदार नेपाली बाटो भएर फर्कन्छन्, फर्कंदा अध्यागमन विभागको पासपोर्ट रिडिङ मेसिन (एमआरपी) ले परीक्षण गर्छ र गल्ती भेटेको खण्डमा अध्यागमन विभागले कारबाही गर्छ ।’ वैदेशिक रोजगारीमा जाँदा नेपालको बाटो भएर नजाने, भारतको बाटो भएर जाने, आफ्नो पासपोर्टमा नाम, थर परिवर्तन गर्ने, पासपोर्टको तस्बिर परिवर्तन गर्ने, जसका कारण हस्ताक्षर नमिल्ने, जन्म मिति फरक पर्ने हस्ताक्षरको मसी नै फरक पर्ने कारणले यस्तो अवस्था सिर्जना भएको अधिकृत सापकोटा बताउँछन् । यसरी आफ्नो विवरण परिवर्तन गर्ने नेपाली दैनिक १०/१२ सम्म नेपाली कामदार समातिने गरेको अधिकृत सापकोटा बताउँछन् । विशेष गरी खाडी मुलुकबाटनेपाल फर्केका नेपाली कामदार पक्राउ पर्ने गरेको अधिकृत सापकोटाले बताए । उनले भने, ‘यसमा पुरुषको दाँजोमा महिला बढी छन् ।’ कामदारले आफ्नो पासपोर्टमा विवरण सच्याएको पाइएमा अध्यागमन ऐन विपरीत काम गरेको भन्दै पक्रिने गरेको छ । यसरी पक्रिएकालाई अनुसन्धानका लागि अध्यागमन विभाग कालिका स्थानमा ल्याउने गरेको छ । अधिकृत सापकोटाका अनुसार विभागमा ल्याइएकाहरूको प्रारम्भिक अनुसन्धान गरिन्छ अनि अदालतमा म्याद थप गरेरमुद्दा चलाइन्छ, त्यस पछि कानुन अनुसार धरौटी राखेर रिहा गरिन्छ । विभागले ५० हजार जरिवाना र पाँच वर्ष कैदको सजाय हुन्छ । अध्यागमन विभागले पासपोर्टको विवरण सच्याएको, भिसा अवधिभन्दा बढी विदेश बसेको र अध्यागमन ऐन विपरीत काम गरेको खण्डमा कारबाही गर्दै आएको विभागले जनाएको छ । विशेष गरी खाडी मुलुकबाट आउँदा समातिनेमा महिला बढी हुने गरेको विभागले बताएको छ ।
Posted on: Fri, 21 Jun 2013 08:43:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015