वास्तवमै नरमाइलो - TopicsExpress



          

वास्तवमै नरमाइलो लाग्यो... मेरो बाथ रुमको ग्लासबाट ठीक बाहिर हरेक साँझदेखि रातभरि एक जोडी ढुकुर बसिरहेका हुन्थे । म हरेक पटक बाथ रुम पसेको बेला तिनीहरुलाई हेर्थेँ । आज विहानै बसिरहेको ठाउँमा पोथी ढुकुर मरिरहेको देखेँ । म विहान अफिस हिँड्ने बेलासम्म भाले ढुकुर त्यो मृत पोथीनजिक बसिरहेको थियो । मलाई दिनभर नरमाइलो लागिरह्यो । साँझ घर पुगेर पहिलो काम नै बाथ रुम बाहिर चिहाएँ । मृत पोथी त्यहाँ थिएन । सायद कुनै विरालोले लग्यो ।अहिले फेरि मध्यराति बाथरुम पसेको बेला बाहिर हेरेँ । सधैँ पोथीसँगै टाँसिएर रातभरि सँगै बसिरहने भाले एक्लै त्यही ठाउँमा उँघेर बसिरहेको रहेछ । वास्तवमै नरमाइलो लाग्यो । वास्तवमा विछोडपछिको पीडा महिलाले छिट्टै बिर्सन सक्छन् तर पुरुषलाई धेरै समय लाग्छ, केवल देखाउँदैनन् भन्ने कुरा पंक्षी जगतमा पनि लागू हुन्छ कि के हो !
Posted on: Tue, 27 Aug 2013 18:17:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015