सिरहाको चारसर गाविसमा - TopicsExpress



          

सिरहाको चारसर गाविसमा तानव सिराह, श्रावण २५ - जिल्लाको चारसर गाविसका विभिन्न गाउँमा शुक्रबार बिहानैदेखि तनाव भएको छ । एक पक्षले अर्को पक्षमाथी गरिरहेको आक्रमण रोक्न प्रशासनले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको छ । यद्यपी दिउँसोसम्म स्थिती नियन्त्रणमा आउन सकेको छैन । शनिबार राती धनुषाबाट सिरहास्थित चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबमका दर्शनार्थीहरुलाई दुव्र्यबहार गरेको भन्दै आक्रमण गरिएको हो । मंगलबार पनि यही निहुँमा आक्रमण हुँद दुवै पक्षका गरी दुई दर्जन घाइते भएका थिए । शुक्रबार विहानैदेखि उक्त महादेवस्थानमा सिराहका विभिन्न गाउँ तथा छिमेकी जिल्ला धनुषाबाट समेत आएका गाउँलेहरु जम्मा भइ टोली बनाएर आक्रमण गरेका हुन् । यद्यपी प्रहरीले दिउँसोसम्म कसैको हाताहातीको समाचार नभएको वनाएको छ । भीडले गाउँलेहरुको घरघरमा प्रवेश गर्ने तोडफोड र लुटपाटसमेत गरिरहेको बताइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घट्ना रोक्ने प्रयास गरिरहेको भएपनि विभिन्न समुहमा गाविसभरी छरिएका कारण समस्या भएको बताइएको छ । घट्ना थप बढ्न नदिनका लागि सिराहको अन्य गाविसहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले बताएका छन्
Posted on: Fri, 09 Aug 2013 08:20:00 +0000

Trending Topics



e new grass rising in the hills, the cows loitering in the
Câinii fără stăpân vor muri. Omul a ales. Nu o să te
Pani puri with so many different fillers to choose from - Dahi
To all of you who are on my list of contacts of Facebook, I would
Le stick aimanté contre la névrodermite Mes deux enfants
Neste estudo da Parashá Toldôt (Gn 25:19 - 28:9), o professor
Vacation, day 12, California Coast So many funny things

Recently Viewed Topics




© 2015