संबिधानसभा भाग २को कुरा - TopicsExpress



          

संबिधानसभा भाग २को कुरा बजारमा चलेको छ। युगान्तकारी परिवर्तनको संवाहक भनेर प्रचार गरिएको पहिलो संबिधानसभाको निधन पछि फेरी चुनाब हुने भनिएको छ फेरी पनि त्यही कुरा बजारमा चल्न थालेको छ "युगान्तकारी परिवर्तनको" संबिधान बनेर विकास हुने होइन विकास त नितान्त इच्छा शक्तिमा भर पर्ने कुरा हो। दोश्रो बिश्वो युद्धमा पराजित भएको जापान आज बिस्वशक्ति भएको छ, त्यो देश को संबिधान को कुरा गर्नुहुन्छ भने अमेरिकाले बनाइदिएको संबिधानले आज सम्म त्यो देश चलेको छ, ब्रिटेनमा लिखित संबिधान नै छैन तर पनि देश बिकसित नै छ के रे! अनि नर्वे जुन देश को संबिधानमा जनता को मौलिक हक भन्दा पनि राजाको शक्तिको बारेमा मात्र लेखिएको छ त्यही पनि त्यो देश हामी भन्दा सम्बृद्ध छ, १० वर्षमा Macau कहाँ बाट कहाँ पुग्यो!!! जापानमा राजा छ बेलायतमा राजा छ नर्वेमा राजा छ तर पनि देश बिकसित नै छन् नि, हाम्रोमा कुरा गर्नु हुन्छ भने हामी संग 22 ओटा मौलिक हक छन्, महान जनयुद्धका क्रान्तिकारी नेता छन् , गणतन्त्र मात्र हो र भन्या लोकतन्त्र पनि छ तर पनि हाम्रो स्थिति कहाली लाग्दो छ। किन?? किनकि देश लाई सम्बृद्ध बनाउन छ भने संबिधान हैन, जोश-जागर, vision अनि इच्छाशक्ति चाहिन्छ। तर हाम्रोमा के भो ! सुन्दै छु क्रान्तिकारी नेतालाई सिंगापुरी Dollarमा सुत्ने बानी लागेको छ रे बिदेसी Wine अनि कुन जात को हो बाख्राको मासु नभई भात नै पच्दैन रे! सर्बहाराका नेताको ताल एस्तो छ!!! अर्को एउटा पार्टी छ; इतिहास को हुंकार दिन्छ शिर्ष नेतामा vision भन्ने छैन येथास्थितिमा प्रधानमन्त्री पड्काउने बनि बसेकाहरुको अहिले के चल्दै छ त्यो थाहा छैन , अर्को पार्टी छ जो च्याके थाप्छ अनि प्रधानमन्त्री पड्काउने दाउमा हुन्छ त्यहाँ न त vision छ न नेता नै छन्, मधेसी नेताको कुरा नै नगरौ उहाहरु को नारा नै कफी छ " उठो मदेश, जागो मदेश, मदेश के नाम मे लूटंगे हम देश " एस्तो ताल ले पनि हुन्छ हाम्रोमा त राज नेता नै भएन के! कैले राज नेता धेरै भएर बिग्रियो कैले राज नेता नभएर बिग्रिदैछ, हामीलाई १० वर्षमा Singapore बनाइदिनछु भनेर राष्ट्रिय राजनीतिमा आएकाहरुको vision पनि देखियो!!! हामीले Singapore लै देखेउ,अमेरिका लै देखेउ, हामीले जापान लै देखेउ हामीले मोकॉव लै देखेउ, हामीले त्यहाँ को रंगी चंगी मात्र देखेउ, ठुला ठुला महल देखेउ तर इतिहास कहिले पनि पढेनौ अनि हामी पनि तेस्तै हुने महत्वाकांक्षी सपना बुन्न लागेउ हामीले ठुला ठुला भवन बनौन सिक्येउ तर देश को उत्पादन बदौने तिर ध्यान नै दिएनौ, हामीले कहिले पनि सोचेनौ त्यो प्राप्त गर्न तिनीहरुले कत्रो मेहनात गरेका छन् भन्नेमा हामीलाई ड़ोहोराउने नेता नै भएन, मैले त सोचेको थिए प्रचण्ड ले त्यो गर्ने छन् भनेर तर तिनी पनि गड्यौला बटुल्न मै व्यस्त भए, के हाम्रो देश मा येस्तै हो त??समाधान के छ त ? अब के गर्नु पर्छ भने संबिधानसभाको गनजगॊल चाडै अन्त्य गरेर आगाडी बढ्नु पर्छ ,अबको नेताले जनतालाई के भन्नु पर्छ भने, "देशलाई विकास गर्नु छ भने हामी मौलिकतामा विश्वास गर्न सिक्नु पर्दछ नेपालको उत्पदन लाई बढाउनु आज को आवस्यकता हो " भन्दै आहवान गर्नु पर्छ "आउनुहोस देश विकासको दसक आरम्भ गरौ आजैबाट हजुरहरु मेहनत गनुस, म त्यो भन्द बढी मेहनत गर्छु; ७ घण्टा काम गर्नु हुन्छ भने ८ घण्टा गर्नुहोस, म पनि त्यहि गर्छु । यी दिन हामीले संघर्ष गर्नु पर्छ, त्यसैले तपाई पनि छाक काटेर खानुस, म पनि त्यहि गर्छु; तपाईले पनि थोरै सुबिधा कटौती गर्नुहोस, म पनि मेरो सुबिधा कटौती गर्छु। यी दिनहरु परिवर्तनका दिन हुन् त्यसैले मलाई साथ दिनुहोस" भन्न सक्नु पर्छ अनि पहिले आफु बाट सरुवाट गर्नु पनि पर्छ अनि मात्र परिवर्तन सम्भब छ। अनि त्यस्ता नेतालाई देश को साचो दिए बल्ल मात्र देश विकासको गतिमा जानेछ। आहिले त नेपालमा, नेता को बिलासिताको सिमा छैन, यो भन्ने नैतिक धरातल पनि कुनै नेतामा बाकी छैन। यो कुरा भने चनाव पनि जितिदैन किनकि नेपालीलाई सपना देखाए पुग्छ: चुनाब जितिन्छ; किन बेकार एस्तो बाटो अपनाउने भन्ने हाम्रा नेतामा परेको छ। त्यसैले चुनाब आउन थालेको छ विकास भनेको सामुहिक प्रयासबाट हुनु पर्छ त्यसैले राम्रा मान्छेलाई जिताउनु होला
Posted on: Sat, 14 Sep 2013 04:02:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015