सह- अस्तित्व समाजबाद ! - TopicsExpress



          

सह- अस्तित्व समाजबाद ! राष्ट्रिय अखन्डता !! सामाजिक सदभाव !!! अखण्ड नेपाल पार्टीको आर्थिक क्रान्ति र सुशासन नीति कस्तो छ ? समुन्नत नेपाल निर्माणक लागि आर्थिक क्रान्ति अनिवार्य छ | आर्थिक क्रान्तिका लागि इमान्दार र स्वप्नदृष्टि भएको नेतृत्व, ब्यबस्थित योजना निर्माण तथा कार्यान्वयन र सुशासन हुनु अत्यावस्यक छ | यसका लागि केन्द्रिय ,प्रादेशिक ,जिल्ला र गाउँ स्तरीय गरि चार तहमा पन्छ वर्षीय योजना अन्तर्गत रास्ट्रीय स्तरदेखि गाउँ स्तर सम्म प्रति वर्ष एक एकवटा विशेष महत्वका परियोजना पारित गरि जनताको सहभागिता र राष्ट्रको आबस्यकता अनुसार तत्काल कार्यान्वन गरि पाँचै वर्ष भित्र आर्थिक क्रान्ति सुरु गर्न सकिन्छ |यसका लागि गतिशील राजनैतिक नेतृत्व , एक्काइसौँ शताब्दी हाँक्न हाँक्न सक्ने स्पातिलो प्रशासनिक नेतृत्व र लालफित्ताशाही अन्त्य गर्न सशक्त संस्थागत कानुनी सुधारले मात्र आर्थिक क्रान्ति को गतिलाई अगाडी बढाउनुका साथै सुशासन सजिलै कायम गर्न सकिन्छ | आर्थिक क्रान्ति र सुशासनका लागि FIRES लाई एउटा शक्तिशाली औजारको रुपमा लिइनेछ | जहाँ F ले Federalism (संघियता) लाई जनाउँ छ , I ले Integrity ( राष्ट्रिय अखन्डता ) क साथै Inclusion ( समावेसी) लाई जनौन्छ, R ले सबै Religion (धर्म ) को सम्मान गर्दै स्वतन्त्रतापूर्वक आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्न कुरालाई जनाउछ , E ले Economic Revolution ( आर्थिक क्रान्ति ) लाई संकेत गर्दछ | हामी आर्थिक सुधार हैन आर्थिक क्रान्तिको पक्ष्यमा छौं | आर्थिक क्रान्तिका लागि उर्जा Energy)कृषि Agricultur) पर्यटन ,शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरु प्रमूख मध्यम हुनेछन, जसले बेरोजगार समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुरयाउने छ , र S ले विभिन्न जातिहरुबीचको (Social Harmony ) सामाजिक सदभाव ) लाई संकेत गर्दछ |आफ्ना सन्तानका निम्ति शिक्ष्या र भबिस्य नसोच्ने बाबु -आमा सत्रु समान हुन् भन्ने कुरा हाम्रो धर्मशात्र मा पनि पाहिन्छ | जय अखण्ड नेपाल !!!
Posted on: Tue, 01 Oct 2013 14:37:20 +0000

Trending Topics




© 2015