सुत्केरीलाई ल्याएका - TopicsExpress



          

सुत्केरीलाई ल्याएका कुखुरा प्रहरीबाटै गायब ४ कात्तिक, काठमाण्डौं ।सुत्केरी छोरी भेट्न ओखलढुंगा रुम्जाटारका मीठु सार्की २ जना सहयोगीसँग सिन्धुली- काभ्रे हुँदै लोकल कुखुरा बोकेर काठमाण्डौं आउँदै थिइन् । शनिबार बिहान जगाती आइपुग्दा महानगरीय प्रहरी वृत्तका प्रहरीले उनीहरुलाई रोके र कुखुरा मागे । उनीहरुसँगै आएका पुष्प पोख्रेल र बच्चुराम गुरुङका हातमा पनि कुखुरा थिए । आफूहरु सुत्केरी भेट्न आएकाले कुखुरा नदिने बताएपछि प्रहरीले मीठुसँग १ हजार रुपैयाँ मागे । पैसा र कुखुरा दुवै नपाएपछि प्रहरीले ६ वटै कुखुरा लिएर हिँडे । र, बहाना बनाए । कुखुरालाई बर्डफ्लु लगोको छ । जबकी प्रहरीले यसरी पशुपन्छी नियन्त्रणमा लिन पाउँदैन, त्यो काम पशु क्वारेन्टाइनको हो । ‘कुखुरा फुत्काउन अनेक गरे,’ काठमाण्डौं आएपछि मीठुले भनिन् ‘सुरुमा एउटा कुखुरा मागे, दिन्नौं भनेपछि केहीबेर अलमल गरेर सबै दिएर गए । बर्डफ्लु लागेको पो भने ।’ उनीसँग जीपमा आएका पुष्प र बच्चुसँग भएका ३ वटा कुखुरा पनि बिरामी भएको भन्दै प्रहरीले गायब बनाएको मीठुलाई उदृत गर्दै कारोबार दैनिकले खबर छापेको छ । दुवैले काठमाण्डौंमा बस्दै आएका रुम्जाटारका बद्रीकाजी गुरुङलाई ती कुखुरा ल्याइदिएका थिए,
Posted on: Mon, 21 Oct 2013 03:33:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015