हाम्रो समाजमा छोरा र - TopicsExpress



          

हाम्रो समाजमा छोरा र छोरीलाई हेर्ने बुझ्ने भिन्नता(मेरो बुझाई) १) छोराले १० रात बाहिर बिताए पनि प्रश्न उठ्दैन!छोरीले १ रात बाहिर बिताएमा हजार प्रश्न उठ्छ! २) छोराले जाँड् रक्सी चुरोट जे खाएनी तेती आपती हुन्न!छोरीले खाएमा बिग्रेकी केटी भनिन्छ! ३) छोराले ३ वटा बुढी बिहे गरेर घरमा राख्दा पनि मिल्छ उल्टै मर्दको छोरो भनिन्छ!छोरीले एउटा बुढो बिहे छाडेर अर्को सँग गै भनी दुई पोइले भनेर हेला गरिन्छ! ४) छोराले १० जना सँग लभ गरेर केटी छाडेको वा बिहे गरेर छाडेको भएपनी पबित्र हुन्छ!छोरीले एउटा सँग लभ वा बिहे गरेर छाडेकी रहेछी भने अपवित्र मानिन्छ! ५)छोरा मान्छे जती धेरै बिदेश बसेर फर्केको हो उती इजत पाउछ फलानोले गर्यो भन्छनछोरी मान्छे १ बर्ष मात्र बिदेश बसेर आएपनी नानाथरी सँकाको दृष्टिले हेरिन्छ! ६) छोरा मान्छे ६० बर्षको भएपनी सम्पत्ति छ भने २० बर्षको केटी माग्दा दिन्छन!छोरी मान्छे सुसिल भएनी २५ काटेपछी बुढीकन्या भनेर खासैवास्ता गर्दैनन! ७) छोराले घरमा बुढी हुँदा हुँदै वा एक्पटक्मा धेरै जना केटी घुमाये पनि वास्ता हुन्न! छोरी मान्छेले कुनै काम्ले राम्रो हिसाबले केटा सँग घुम्दा पनि लु फलानी त बिग्रिछे भन्छन । #Kushal
Posted on: Tue, 13 Aug 2013 07:16:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015