१५ जनालाई कारवाहीको माग - TopicsExpress



          

१५ जनालाई कारवाहीको माग गर्दै सिफारिस ______________________________ लभ्लीतनहुँ समाचारदाता -दमौली, १७ मंसिर -संविधानसभा सदस्य निर्वाचन-२०७० मा तनहुँ निर्वाचन क्षेत्र नं. २ को नेपाली कांग्रेस क्षेत्रीय समिति दमौली तनहुँले पार्टी विधान एवं नियमावली विपरित गएको भन्दै पूर्व केन्द्रीय सहमहामन्त्री गोविन्दराज जोशी सहित १५ जनालाई अनुशान उपर कारवाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २ दमौली, तनहुँका सचिव मोहन गिरीले हस्ताक्षेर गरी सोमबार जारि गरिएको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य रहिसकेका, पार्टी सिफारिसमा मन्त्री, सभासद समेत भएका व्यक्तिहरु र पार्टर्ीीजल्ला नेतृत्वमा रहेका तथा विभन्न पदमा रहेका व्यक्तिहरुले नेपाली कांग्रेसलाई हरान र प्रतिपक्षी एमाले तथा स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेआम प्रचार गर्ने व्यक्तिहरु पार्टी अनुशासनको घेरा भित्र राख्न सकिएन भने पार्टी अस्मिता जोगाउन सम्भव रहदैन भनि कारवाहीका लागि सिफारिस गरिको छ । त्यस्तै, जारि विज्ञप्तिमा पार्टी जिम्मेवार नेताहरुले चलाएको पार्टी विरोधी गतिविधिले गर्दा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले हार व्यहोर्नु परेको र क्षेत्री समितिको निर्णय अनुसार आवश्यक कारवाहीका लागि सिफारिस गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा पूर्व केन्द्रीय सदस्य अम्मरराज कैनी, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, पूर्व सभासद पार्वती थापा -उर्मिला), पूर्व जिविस उपसभापति वल बहादुर आले, पूर्व जिल्ला उप-सभापति ध्रुवलाल प्रधान, महाधिवेशन प्रतिनिधिहरु परशुराम गिरी, सतिसचन्द्र न्यौपाने, क्षेत्रीय प्रतिनिधिहरु भरत कृष्ण श्रेष्ठ -भिमाद), मिन बहादुर कार्की -साभुङ्ग भगवतीपुर), शंकरराज गैह्रे -साभुङ्ग भगवतीपुर), रामदेव पन्थ -व्यास-१), हरि सिग्देल -किहूँ), तिल बहादुर थापा -देवघाट) र व्यास-१ का बुध कमिटी अध्यक्ष श्रीकृष्ण पन्थलाई कारवाहीको माग गरी सिफारिस गरिएको छ ।
Posted on: Mon, 02 Dec 2013 16:37:19 +0000

Trending Topics



body" style="min-height:30px;">
Black Friday and Cyber Monday Hurst 5388656 Black HardDrive Style
Happy Anniversary Rosha my lovely wife. Id use the opportunity
PRA QUEM É GORDINHO IGUAL EU HOJE É O NOSSO DIA VAI AI MINHA
Preventative medicine ....helps preserve your youth and health....
HOMILY FOR THE SIXTEENTH SUNDAY IN ORDINARY TIME – YEAR A On
Animal Control showed up at my door tonight because a woman
For the Son of man is come to seek and to save that which was
So yesterday, when I watched Grand Budapest, there was this

Recently Viewed Topics




© 2015