By: Ok-Nobody No-One "सेप्टेम्बर ११" - TopicsExpress



          

By: Ok-Nobody No-One "सेप्टेम्बर ११" लाई विश्वब्यापी रुपमा नै आतंक संग जोडिएर हेर्ने गरिन्छ। बिशेष रुपमा अफगानी जनताहरु आफ्नो दुःखको प्रमुख कारकको रुपमा "सेप्टेम्बर ११" लाई मान्ने गर्दछ, तर लामो अन्तराल पश्चात हिजोको दिन अर्थात "सेप्टेम्बर ११" कै दिन जब अफगानी फूटबल टोलीले काठमाण्डौमा जारी साफ च्याम्पियनशीपमा पहिलो पल्ट उपाधि उचाल्दा आफ्नो पीडालाई धेरै हदसम्म बिर्संन सफल भए होलान। संयोग नै मान्नु पर्ला एक दशक अगाडी "सेप्टेम्बर ११" अफगानीहरूका लागि अन्धकारमय रात जस्तै थियो होला तर हिजोको "सेप्टेम्बर ११" उनीहरूले साफ प्रतियोगितामा आफूहरुलाई अव्वल सावित गर्दै बिर्सनलायक त्यों दशक पुरानो अँध्यारो रातको रूपमा बुझ्दै आएको "सेप्टेम्बर ११" मा नै दियो बाल्दै इतिहासको पानामा दुखदबाट सुखदमा रूपान्तरित भएको संज्ञा दिँदै सधैभरि सम्झन लायक बनाउन सफल भयो। फाइनलमा भारतको खेललाई विश्लेषण गर्दा अफगानिस्तानले प्रतियोगिता भरिकै सबैभन्दा कठिन प्रतिद्वन्दी नेपाललाई नै पाएको थियो। वास्तवमै नेपाली टोली उपाधिको हकदार थियो तर नेपाली टोलीलाई यसपाली भाग्यले ठगेको थियो। फूटबलसंग सम्बन्धित निकायहरुमा म के एउटा सानो अनूरोध गर्न चाहन्छु भने भविष्यमा आयोजना हुने अरु ठूलो फूटबल प्रतियोगिताहरुलाई पनि आफ्नो प्रमुख प्राथमिकतामा राखून। साफ प्रतिगोगिता दौरान जुन हिसाबमा नेपाली राष्ट्रीय फूटबल टोलीले अभ्यास गरेको थियो त्यसले अझै निरन्तरता पाउँदै गरुन, सम्भावना बोकेका अरु नयाँ तथा पुराना फूटबल खेलाडीहरुलाई चिन्न सकून र अभ्यासलाई अझै बैज्ञानिक तथा आधुनिकीकरण गर्न ध्यान दिउँन। goalnepal
Posted on: Thu, 12 Sep 2013 08:33:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015