This is an information about flood hazard of a town in western - TopicsExpress



          

This is an information about flood hazard of a town in western Nepal. Look, the settlement is in progress along the river bank! Increasing day by day! please compare two images. बाढी-पहिरो को कुरा चलिरहदा आज गुगल अर्थ अरु नै कारणले चलाउदा, तुल्सीपुर, दाङ को शहरीकरण देखेर म त चकित परे, तुल्सिपुरको A, B, C र D, बस्ति लाइ माथिल्लो भेगमा अति वृष्टि भैदिएमा नामोनिशान मेटिने गरि बाढीले लैजान्छ भन्ने मलाई लागेको छ ! जम्मा चार बर्षको फरकमा लिएको Image A र Image B लाइ हेर्दा तुल्सीपुर को अहिले बिस्तारित बस्ति बम को गोला माथि बनेको छ र ति घरहरु तास का घरहरु हुन् जस्तो लाग्यो !! कपुरकोट क्षेत्रमा अतिवृष्टि भैदिएमा एक छिनमा सोत्तर हुनेछन, २०१२ को चित्रमा A, B, C र D ठाउँहरु लाइ २००८ सालको चित्र संग भिडाएर हेर्नुस त! हामी कति मुर्ख छौ, आफै अन्दाज लगाउन सक्नुहुन्छ, मुख्य तुल्सीपुर बजार त धेरै हद सम्म सुरक्षित होला. तर, बसपार्क र त्यो भन्दा माथि के होला सबैले विचार गरौ, त्यहा अहिले खोला को उचाई र बस्तिको उचाई विचार गरौ, फरक २ मि वा ३ मि मात्र छ धेरै ठाउमा! तुल्सिपुरको यो समस्या सायद नेपालमा खोला किनार लाई अति खतरनाक तरिकाले हडप्ने प्रवृतीको एउटा उत्कृष्ठ नमुना हो, B भाग पहिले नै बाढीले पुरेको ठाउँ हो र यो ठाउँ ५-६ बर्ष पुरानो बाढीले नै पुरेको थियो (Image B हेर्नुस), त्यस्तै गरि, यो सानो मानिएको खोला को जलाधार पनि अर्को फोटोमा हेरौ, यो खोलामा झन्डै ४५ बर्ग कि मि क्षेत्रफल बाट पानी बगेर आउने गर्छ र हिमालय को मुख्य दरार प्रणाली Main Boundary Thrust (MBT) पनि यहि जलाधार क्षेत्र र कपुरकोट (सल्यान) हुदै गएको छ !! MBT ले कोमल पारेको यो जलाधार क्षेत्रमा अहिले नै पहिरो हरु गएको देखिन्छ, अनि खोलाको माथिल्लो भागमा अतिवृष्टि भएमा यो खोला प्रसस्त लेदो बगेर आउन सक्ने खोला हो किनकी पहाडबाट सम्म मा आइपुगेको ठाउँ देखि तुल्सिपुरको पुल सम्म को भागमा नदीको बहाउ को ढल्काइ झन्डै ३% (gradient) छ, यसैले दाङ घर भएका र तुल्सीपुरको बारेमा जान्नु हुने सबैलाई यसमा खुलेर कमेन्ट गरिदिनुहुन र सबैलाई यो मेरो पोस्ट share गर्नु हुन अनुरोध छ, साथै तुलसीपुर नगरपालिका को बाढीको नक्सा भए नभएको र खोला किनार को त्यस्तो जग्गामा नक्सा पनि कसरि पास भयो होला भनिदिनु होला. के नेपाल सरकार यो कुरामा सजग छ ?? यो सबै मैले मेरो गूगल अर्थ बाट मलाई प्राप्त ज्ञान को आधारमा लेखेको छु, तुल्सीपुरको यो समस्याको बारेमा मलाई सजग गराउनु हुने मेरा मित्र Netra Prakash Bhandary लाइ धन्यवाद !
Posted on: Mon, 24 Jun 2013 06:10:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015