आज ठुलो गल्ती गरेँ तिमी - TopicsExpress



          

आज ठुलो गल्ती गरेँ तिमी मलाई छोड्न सक्छ्यौ साँच्चै म गलत भए अन्तै नाता जोड्न सक्छ्यौ यदी बिश्वास छैन भने यो आगन्तुक अच्युत माथि चलिरहेका पाईला तिमीले मलाई देखे मोड्न सक्छ्यौ धोका दिन्छ भन्छौ अरे मनमा संकोच छकी के हो ? त्यस्तो होला सोच्छौ भने वाचा कसम तोड्न सक्छ्यौ लाग्थ्यो मलाई हाम्रो माया संसारकै नमुना हुन्छ होला मेरो सपना सिसाजस्तै झरम्-झुरुम फोड्न सक्छ्यौ पहिले नै चाहन्थेँ म तिमीलाई मेरी रानी बनाउन तर अब चाहा भए पराईको घुम्टो ओड्न सक्छयौ ।।।।।।।।। सुरज गैह्रे बिबस ।।।।।।।।
Posted on: Sun, 01 Sep 2013 12:45:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015