एउटा गजल फुर्यो ... बुटवल - TopicsExpress



          

एउटा गजल फुर्यो ... बुटवल बाट ल्याईदिएको नुन दिन्छ्यौ कि माया तेजाबी र अकबारी सुन दिन्छ्यौ कि माया । हरेक बिहान कठ्याङग्रीदो चिसो बढ्दै गा छ यो मौसममा जाडो सेक्ने ऊन दिन्छ्यौ कि माया बुटवल बाट ल्याईदिएको नुन दिन्छ्यौ कि माया । पातलो यो टिसर्ट लाउँदा काम्न थाल्यो ज्यान मलाई पनि एउटा स्वीटर बुन्दिछ्यौ कि माया बुटवल बाट ल्याईदिएको नुन दिन्छ्यौ कि माया औंसीको यो रात काट्न गाह्रो भयो साह्रै टह टह पुर्णिमाको जुन दिन्छ्यौ कि माया बुटवल बाट ल्याईदिएको नुन दिन्छ्यौ कि माया । पिरती मा भन्दिन म आकासको तारा झार्छु स्वीकार गर खुनको बदला खुन दिने भए बुटवल बाट ल्याईदिएको नुन दिन्छ्यौ कि माया । नुन, सुन, ऊन, खुन केहि दिन नसके नि जुनी भरलाई नबिर्सने गुन दिन्छ्यौ कि माया बुटवल बाट ल्याईदिएको नुन दिन्छ्यौ कि माया तेजाबी र अकबारी सुन दिन्छ्यौ कि माया ।
Posted on: Wed, 04 Dec 2013 00:46:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015