एउटा दूध पसल अगाडी धेरै - TopicsExpress



          

एउटा दूध पसल अगाडी धेरै लामो लाईन लागेको थियो, पसल भने खुलेको थिएन, त्यहि लामो लाईनको छेउबाट शेरे सरासर अगाडी जाँदै थियो, बिचमा एउटाले भन्यो- ओ भाई, हामी लाइनमा एक घण्टादेखि बसिराका छौँ तिमी चाँही कहाँ हो सरासर ? शेरे सुनेको पनि नसुने झैँ गरेर अझ अगाडी बढ्यो, जब पसलको ढोका नजीक मात्र के पुगेको थियो एउटा भुस्तीघ्रेले शेरेलाई ट्याप टिपेर फाल्दियो धुलोमा नराम्ररी बज्रेको शेरे धुलो टककाउदै उठ्यो र कुरै बुझ्दैनन् यार भन्दै फेरी अगाडी बढ्यो, फेरी अर्को पहलमानले च्याप समातेर घिसार्दै लाइनको लास्टमा पुर्यायो र भन्यो- अब यो भन्दा अगाडी बढिस भने हात, खुट्टा भाँचीदिन्छु, चुपचाप लाइनमा बस् हामी बसेको एक घण्टा भईसको त चाँही ढिलो आएर अगाडि बस्ने शेरे - ठिकै छ सालेहरु, , , , , , , , तिमीहरुलाई आज दूध कसले दिँदो रहेछ हेरौ न म पनि, म मरे पसल खोल्दिन आज By Shyam
Posted on: Sun, 30 Jun 2013 07:34:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015