खुल्यो डिभी चिट्ठा सन् - TopicsExpress



          

खुल्यो डिभी चिट्ठा सन् २०१५ डिभी कार्यक्रमका लागि आवेदन सन् २०१३ अक्टोबर १ मध्यान्ह -इस्टर्न स्टयान्डर्ड टाइम) देखि सन् २०१३ नोभेम्बर २ मध्यान्ह -इस्टर्न स्टयान्डर्ड टाइम) सम्म खुला रहने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै आवेदकहरूलाई सकेसम्म छिटो आवेदन भर्न आग्रह पनि गरेको छ। डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्दैन। आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावासले सुझाव पनि दिएको छ। चाहिएकै खण्डमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिला व्यक्तिको मद्दत लिनु उपयुक्त हुने दूतावासको तर्क छ। जसको मद्दत लिए पनि अन्त्यमा आफ्नो आवेदनका लागि आफू स्वयं नै जिम्मेवार हुने दूतावासको भनाइ छ। डिभी-२०१५ डाइभर्सिटी भिसा चिट्ठाका लागि इलेक्ट्रोनिक माध्यमद्वारा निश्चित अवधिभित्र आवेदन पेस गरिसक्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिभर डाइभर्सिटी भिसाका लागि इलेक्ट्रोनिक आवेदन फारम -ई-डिभी) dvlottery.state.gov बाट प्राप्त गर्न सक्नेछन्। यसरी डिभी आवेदन दर्ता गर्दा आफ्नो श्रीमान् वा श्रीमती तथा २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गर्नुपर्छ। आफ्नो परिवारका सदस्यको नाम उल्लेख नगरिए उक्त आवेदन स्वतः रद्द हुनेछ। डिभीका लागि केवल एउटा आवेदन मात्र बुझाउन सकिन्छ। एउटाभन्दा बढी आवेदन बुझाए डिभीका लागि अयोग्य ठहरिने कुरा अमेरिकी दूतावासले जनाएको छ। दर्ता पूरा गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर (confirmation number) प्रिन्ट गरी सुरक्षित राख्नुपर्छ। केवल यो नम्बरमार्फत मात्र आफूलाई डिभी परे-नपरेको थाहा पाउन सकिन्छ। आफ्नो कन्फर्मेसन नम्बर (confirmation number) कसैलाई दिनु हुँदैन। आवेदन भर्ने क्रममा आफ्नो इमेल ठेगाना पनि भर्नुपर्ने हुन्छ, तर डिभी विजेताहरूलाई आफूलाईडिभी परे-नपरे जानकारी इमेलमार्फत गराइँदैन। डिभी परे-नपरेको थाहा पाउने एउटै उपाय सन् २०१४ मे १ का दिन वा पछाडि dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर हाली हेर्ने हो। यदि आफू छनौट भइएको छ भने अब के-के गर्नुपर्छ भन्ने विषयमा उक्त वेबसाइटमै निर्देशनहरू दिइएको हुन्छ। त्यहाँ आफूले डिभी फारम भर्दा दिइएको इमेल ठेगानामा अपोइन्टमेन्टसम्बन्धी जानकारी पठाइने कुरा उल्लेख गरिएको हुनेछ। हरेक डिभी आवेदकलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०१५ जून ३० सम्म सुरक्षित राख्न अमेरिकी दूतावासले आग्रह गरेको छ। Electronic Diversity Visa dvlottery.state.gov The U.S. Department of State Electronic Diversity Visa Entrant Status Check for Diversity Visa Program for DV- 2014 is available until September 30, 2014. The Entrant Status Check for DV-2013 applicants will remain
Posted on: Wed, 02 Oct 2013 05:25:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015