" जाजरकोटमा एक कैदी बन्दी - TopicsExpress



          

" जाजरकोटमा एक कैदी बन्दी आमरण अनसनमा " जाजरकोट, साउन १६ गते । जिल्ला कारागार जाजरकोटका एक कैदी बन्दी आमरण अनसनमा बसेका छन् । कारागार प्रशासनले मानसिक यातना दिने गरेको, विरामी हुँदा पनि उपचारको ब्यवस्था नमिलाएको, कैदी बन्दीहरुका आधारभूत माग राख्दा पनि कुनै सुनुवाई नगरेको भन्दै मंगलबार बेलुकादेखी जाजरकोट सक्लाका कैदी बन्दी हेमन्त सिंह आमरण अनसनमा बसेका हुन् । बेलुकादेखी खान नखाएका कारण उनको स्वास्थ्य बिग्रँदै गएको जेलका अन्य कैदीले जनाएका छन् । सिंह बलात्कारको मुद्दामा एक वर्षदेखी कारागारमा सजाय काटिरहेका छन् । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आफूले कैदीलाई भेटेर समस्या समाधान गर्ने बताएको र कारागारका समस्या तत्काल समाधान हुने बतानु भयो ।
Posted on: Wed, 31 Jul 2013 06:54:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015