मात्रिकाद्वारा ३३ दलीय - TopicsExpress



          

मात्रिकाद्वारा ३३ दलीय मोर्चाबाट अलग भएको घोषणा: २७ साउन, काठमाडौं । मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी) बैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबाट अलग भएको छ । संयुक्त मोर्चाको सामान्य अवधारणा, नीति र विधि विपरित नेकपा-माओवादीले एकल निर्णय गर्दै वार्तामा जाने निर्णय गरेको भन्दै उसले ३३ दलिय मोर्चाबाट अलग भएको घोषणा गरेको हो । केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी संयोजक यादवले भन्नुभयो-’आजका मितिदेखि नेकपा-माओवादीसँग पार्टी एकताको छलफल पनि गर्दैनौं ।’ यसअघि किशोर विश्वास नेतृत्वको ८ दलीय मोर्चा पनि ३३ दलीय मोर्चाबाट बाहिरिसकेको छ । माओवादी संयोजक यादवले चार दलको सिण्डीकेटका गरिने निर्वाचनले देशलाई निकास दिनुभन्दा झन द्वन्द्व र भिडन्ततिर लैजाने दावी गर्नुभयो । केन्द्रीय समितिको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र रेग्मी सरकारको खारेजी, राष्ट्रिय आत्मनिर्णय अधिकार, पूर्ण समानुपातिक प्रतिनिधित्व, सार्विक तथा समान मताधिकार, पहिचान सहितको संघीयता, जनगणतन्त्रको स्थापना संघर्षमा जाने निर्णय गरेको छ ।
Posted on: Sun, 11 Aug 2013 14:54:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015