श्रीमतीको मन पगाल्ने - TopicsExpress



          

श्रीमतीको मन पगाल्ने तरिका:- -कोठाभित्र उनलाई नाच्न आग्रह गर्नूस्, आफूले पनि साथ दिनूस् । - हावा लागेका वेला उनको मुख र आँखामा कपाल खस्दा सर्याइदिनूस् । - आफ्ना साथीभाइसित । परिचय गराउँदा उनको काँधमा हात राख्न नभुल्नूस् । - बाटोमा हिँड्दा छेउछाउबाट कुनै उत्ताउलो लुगा लगाएकी सुन्दर युवती भेटिइन् भने उनको हात दह्रोसित अँठ्याउनूस् । - तपाईं दुःखी भएको वेला उनलाई फोन गर्नूस् । - उनको आँखाको ढक्कनमा म्वाइँ खानूस् । - उनको बाल्यकालको तस्बिर देखाउन आग्रह गर्नूस् । - बाथरुममा बच्चालाई जस्तै शिरदेखि पैतालासम्म नुहाइदिनूस् । - फोनमा अरूसित कुरा गरिरहेको वेला उनीसित यौनक्रियाकलाप गर्नूस् । - फोनमा रोएको सुन्नुभयो भने तुरुन्तै नजिक जानूस् र छातीमा टाँस्नूस् । - आक्कल-झुक्कल उनको वास्तविक नामले बोलाउनूस् । - उनलाई मन पर्ने पप एल्बम किनेर ल्याइदिनूस् । - कफी अर्डर गर्दा उनको टेस्टअनुसार गर्नूस् । - टिभी हेर्दा हेर्दै निदाइन् भने बोकेर बेडरुममा लानूस् र लुगा फुकालिदिनूस् । - उनलाई इमेल पठाउनूस् । जेलेखे पनि हुन्छ । - प्लेन चढ्नुभन्दा ठीकअगाडि उनलाई फोन गर्नूस् । - छतमा सुकाएका उनका भित्री लुगा उठाएर ल्याइदिनूस् । - उनी उदास भएका वेला हँसाउन भरमग्दुर प्रयास गर्नूस् । - तपाईंलाई मन पर्ने खेल हेर्न रंगशाला लैजानूस् । तर खेलमा भन्दा बढी उनीमाथि ध्यान दिएको अभिनय गर्नूस् । - उनी इश्र्यालु भएका बखत अँगाल्नूस् । कस्सेर अँगाल्नूस् । - उनको वक्षस्थलको प्रशंसा गर्नूस् । - उनी वाथरुमबाट निस्केपछि दुईवटा तौलिया दिनूस् । एउटा कपाल पुछ्नलाई । - कुराकानीका बीचमा ‘आई लभ यू’ भनिदिनूस् । - अफिसबाट फर्किंदा चकलेट-सकलेट ल्याइदिनूस् । - उनले नयाँ लुगा लगाएको वेला झट्टै थाहा पाउनूस् र तारिफ गर्नूस् । - भित्तामा उभ्याएर माया साट्नूस् । - तपाईंका सबैभन्दा नजिकका केटीसाथीको अगाडि उनको हातमा चुम्बन गर्नूस् ।
Posted on: Mon, 26 Aug 2013 08:58:30 +0000

Trending Topics



point-that-certain-team-members-topic-10152420188196096">It is really quite clear at this point that certain team members
Sup everyone! Heading back to Paris for the winter break in 2
APGA crisis: Appeal Court delivers judgment tomorrow on Umeh’s
L’Économie sociale et solidaire, c’est pas du

Recently Viewed Topics




© 2015