सदभावना अध्यक्ष महतो अब - TopicsExpress



          

सदभावना अध्यक्ष महतो अब मन्त्री नबन्ने ६ साउन,जनकपुरधाम । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब मन्त्री नबन्ने घोषणा गर्नु भएको छ । पछिल्लो समय लगातार सत्तामा रहँदै आउनुभएका महतोले अब मन्त्री नबन्ने घोषणा गर्नु भएको हो । उहाँ ५ पटक मन्त्री भइसक्नु भएको छ । शनिवार जनकपुर पुग्नुभएका महतोले भन्नुभयो-’अब पार्टी स्थापित भइसकेको छ । विगतमा पार्टीको अवस्था अहिले जस्तो नभएर नै पटक-पटक मन्त्री बन्नु परेको थियो । तर अबको अवस्था त्यस्तो छैन, पार्टीले आफ्नो अस्तीत्व र पहिचानलाई स्थापित गरिसकेकोले पार्टीका विभिन्न व्यक्तिहरु मन्त्री बन्लान् तर म बन्दिन ।’ मन्त्री बन्नकै लागि मधेसी नेताहरु जे पनि गर्छन् भन्ने आरोप लागेकाले पनि महतोले छवि सुधार गर्ने प्रयास स्वरुप चुनाव नजिकिँदै गर्दा यस्तो घोषणा गरेको निकटवर्तीहरु बताउँछन् । केहीले भने मुलुक संघीयतामा गएपछि मुख्यमन्त्री बन्न अहिलेबाटै महतोले प्रयास थालेको टिप्पणी गरेका छन् । अब प्रधानमन्त्री वा मुख्यमन्त्री हुने हो भन्ने प्रश्नमा भने महतोले कुनै जवाफ दिनु भएको छैन । सद्भावना अध्यक्ष महतोले चुनावी प्रक्रियाप्रति असन्तुष्ट दलहरुसँग संविधानसभाको निर्वाचनको मिति र वर्तमान सरकारको विषयमा कुनै किसिमको समझौता नहुने ठोकुवा गर्नु भयो ।
Posted on: Sun, 21 Jul 2013 07:15:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015