24 November, Venetian Macau indoor CotaiArena, - TopicsExpress



          

24 November, Venetian Macau indoor CotaiArena, संसारभरका 300 भन्दा बढि पत्ररकारहरुकाे अभूतपूर्व जमघट, 15000 दर्शकहरुले खचाखच भरिएकाे दर्शक दीर्घा, अनुपम सुन्दरीहरुकाे boxing ring मा आकार्षक नृत्य प्रस्तुति, प्रविधीहरुकाे बेजाेड उपयाेग, sound System तथा Lighting रंगीविरंगी समायाेजन,करतल ध्वानीकाे गुन्जाहट। David Beckham, Paris Hilton,Stephen Baldwin, Jessica Sanchez, Miguel Cotto, Ruslaan Provodnikov जस्ता celebrity काे उपस्थितीले वातावरणलाई अझ उत्तेजीत बनाएकाे थियाे। Clash to Cotai हेर्न सबै अधैर्य भएकाे भान हुन्थ्याे, सबै व्याग्र र आतुर थिए, Manny Pacquiao र Brandon Rios काे Fight हेर्न, जब Michael Buffer ले उनकाे trademark शब्द Lets get ready to rumble........काे उद्घाेष गरे सारा Arena नै उत्तेजनाले उचालिन बित्तीकै Jessica Sanchez द्वारा American र Philippine national anthem गाईन । गीत सकिन वित्तीकैAmerican Brandon Rios दलवलका साथ Rap र Mexican music का साथ देखा परे।उता boxing इतिहासकै महान खेलाडी Manny Pacquiao झन् तामझामका साथ देखिए। म आफै भने जीवनमा प्रथम पटक,आफुलाई मन पर्ने खेल, त्यसमाथी die heart fan of Pacquaio भएकाे, अनी अहिले उनी आफ्ननै सामुन्ने/अगाडी देख्न पाउदा कतै सपनामा त छुईन? भन्ने भान नभएकाे पनि हैन। अब के हुने हाे भन्ने काैतुहलताका बीच रेफ्री Genaro Rudriguez ले भिडन्तकाे लागी आदेश दिए। काे कतीबेला ढल्ने हाे, केही भन्ने अवस्थामा थिएन। किनकी Rios was young, bigger with strong chin, never been knocked down,only one loss in decision, also was a brawler, आफु Pacquiao काे die heart fan, ढल्ला कि भन्ने चिन्ताले मनमा ढ्याग्राे बजेकाे बज्यै। किनकी Pacquaio हेर्दा विपक्षी भन्दा सानाे वा हाम्राे भाषामा फिस्टे देखिन्थ्याे। अनि याे भन्दा अगाडी Marquez बाट one punch knock out भएका थिए, यदि उसले याे खेल हारे लगातार तीन हार हुने र boxing career नै धरापमा पर्ने सम्भावना थियाे। Fight मारामारी चल्दै गयाे। माहाैल अत्यन्तै गरमागरम थियाे। जब Pacquiao ले प्रहार गर्थ्याे सारा हल Go Manny, Come on Manny, Manny.....Manny....... काे आवाज़ बिस्फाेटन हुन्थ्याे। जब Rios ले प्रहार गर्दथ्याे तब सन्नाटा छाएकाेभान हुन्थ्याे,( मेराे सीट नजीकै बजेकाे एक सुन्दरी युवती Pacquiao काे die heart fan रहिछीन, जब Pacquiao माथी मुक्का बज्रन्थ्याे तब तिनी निबुवा निचाेरीए झै निचाेरीन्थीन र हृदयघातै हुन लागेकाे हाेकी भन्ने सहजै अनुमान गर्न सकिन्थ्याे भने छेउकै भाई टेकेन्द्र सुब्बाकाे हालत उस्तै।)अन्ततः Pacquiao ले आफुलाई उत्क्रष्ट साबित गर्दै निर्णायकहरुकाे सर्वसम्मतिमा भारी अंकले जीत हात पारे। उनले याे जीत उनकाे देशमा हालै घटेकाे प्राकृतीक प्रकाेवबाट पिडीत जनताहरुकाे निम्ती समर्पण गरे। याे Boxing Fight ले सबैलाई फलिफाप भएकाे छ। मकाउका हाेटलहरु कमाउकाे स्थीतीमा पुगेका छन्। Venetian र आसपासमा ब्यापारीहरुकाे 30-40% ब्यापार बढेका थिए। Asian boxing fan हरुलाई live fight हेर्ने सुवर्ण अवसर मिलेकाे छ। मुख्य भुमी चीनले याे खेल बर्बर, नृसंस भएकाे पुजीवादीहरुकाे मनाेरन्जनका निम्ती खेलाईने भनी प्रतिबन्ध गरिएकाे थियाे अब त्याे कुरा पुरानाे भैसकेकाे छ। अहिले त चीनका दुई पटक आेलम्पीक स्वर्ण पदक बिजेता Zou Shiming, journeyman बनेर लगातार Pro. Fight जित्दै आईरहेछ, र World Champion बन्ने सम्भावना वढिरहेछ। यदी यस्ताे भएमा याे खेल चिनीयाहरु बिच लाेकप्रिय हुनेछन।यसाे भएमा broadcasters, promotors , boxers सबै मालामाल हुनेछन। Asian Boxers काे शुभ दिन आउनेछन। Hong Kong का boxer Rex Tso पनि चर्चीत बन्नेछन।शताब्दीकै चर्चीत fight, Ali vs Frazier काे Thrilia in Manila पश्चात याे Clash in Cotai मकाउकामा सफलता साथ सम्पन्न भएकाे छ। Top Rank का promotors का मालीक Bob Arum हाैसीएर 2014 मा तीन वटा fight खेलाउने घाेषणा गरेका छन्। अब मकाउ Boxing काे उर्वर भुमी बन्ने सम्भावना बढेर गएकाे छ। - भाेजपुरे बाट
Posted on: Mon, 25 Nov 2013 09:29:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015