update : अर्घाखाँची जिल्लाको - TopicsExpress



          

update : अर्घाखाँची जिल्लाको क्षेत्र नं. १ मा एमाओवादी उम्मेदवार टोप बहादुर रायमाझी र नेपाली काँग्रेसका उम्मेदवार राम बहादुर वि.सी. विच कडा प्रतिष्प्रधा देखिएको छ । पछिल्लो मत गणनाअनुसार टोप बहादुर रायमाझी २७४४ मतका साथ अगाडी छन भने काँग्रेसका डा राम बहादुर वि.सी.ले २७१० मतका साथ रायमाझीलाई पछ्याइरहेका छन् । भने एमाले १७२० मतका साथ तेश्रो स्थानमा छ । त्यसैगरी अर्घाखाँची जिल्लाको क्षेत्र नं. २ मा नेपाली काँग्रेसकी पुष्पा भुसालले ३९४८ मतका साथ अग्रता लिइरहेकी छिन । उनका निकटतम प्रतिद्वन्दी एमालेका दुमन थापाले ३३१६ मत प्राप्त गरेका छन् भने एमाओवादीका विष्णुहरी शर्माले २२७३ मत प्राप्त गरिसकेका छन् ।
Posted on: Thu, 21 Nov 2013 01:01:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015