उपाधिका लागि ब्राजिल र - TopicsExpress



          

उपाधिका लागि ब्राजिल र स्पेन भिड्ने १६ असार, काठमाडौं । कन्फिडेरेसन कप फुटवलको उपाधिका लागि आज आयोजक राष्ट्र ब्राजिल र विश्व विजेता स्पेन भिड्दैछन् । आज राति साल्भाडोर बहिआकोमा हुने खेलमा आयोजक राष्ट्र ब्राजिल घरेलु मैदानमा उपाधि उचाल्दै कन्फिडेरेसन कपमा ह्याट्रिक गर्ने दाउमा छ । विश्व विजेता स्पेन भने आफ्नो साख जोगाउने प्रयासमा हुनेछ । अहिलेसम्म भएको ८ भेटमा ब्राजिलले ४ जित हात पारेको छ भने दुई खेल गुमाएको छ । २ खेल भने गोलरहित बराबरीमा सकिएको छ । १९५० को विश्वकपमा ब्राजिलले स्पेनलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । यो स्पेनमाथि ब्रालिलले हात पारेको सबैभन्दा फराकिलो जित हो । पछिल्लो पटक १९९९ मा भएको मैत्रिपूर्ण फुटबल भने बराबरीमा सकिएको थियो । ब्राजिल उरुग्वेलाई हराउँदै फाइनलमा पुगेको हो भने स्पेनले इटलिलाई सडनडेथमा पराजित गरेको थियो । आजै राति तेस्रो स्थानका लागि इटली र उरुग्वे भिड्दै छन् । live herna navyaune le yo page (Ishu shrestha) like garnus hami tapai lai purai update dinexau..
Posted on: Sun, 30 Jun 2013 07:29:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015