क्रिश्चियनहरुले पनि - TopicsExpress



          

क्रिश्चियनहरुले पनि आमाको मुख हेर्ने दिन र बाबाको मुख हेर्ने दिनलाई बिशेष रुपमा हेर्ने गरेको देखेर मलाइ केहि अचम्म लाग्दैछ । बाइबलले हामीलाई आज्ञा गरेजस्तै हामीले आफ्ना आमाबुवाको आदरसम्मान, माया, आज्ञापालन, हेरचाह सबै गर्नुपर्छ, त्यसमा कुनै संका नै छैन । बाइबलले कुनै एकदिन मात्रै आमाको मुख हेर, आमालाई मिठो खान देउ, अर्को एकदिन मात्रै बाबाको मुख हेर, मिठो खान देउ भनेर सिकाएको हो र? बाइबल अनुसार बर्षका ३६५ दिन नै बिश्वासीहरुका निम्ति मदर्स डे र फादर्स डे हुनुपर्छ । अहिले नेपालमा प्रचलित मदर्स डे र फादर्स डे भनेका डेमोक्रेसी डे, चाइल्ड डे भनेका जस्तै बर्षमा एकपटक तोकिएकै दिनमा आउने डे हरु होइनन । हामीलाई थाहा छ: डेमोक्रेसी डे फाल्गुन ७ गते र रिपब्लिक डे जेठ १५ गते आउछन । तिथिमिति जताजता गएपनि यो दिनहरु सधैं नै फाल्गुन ७ र जेठ १५ मै आउछन । त्यसैले यसप्रकारका डे हरु मा सहभागी हुनु वा कोहि कसैलाई wish गर्नुमा कुनै समस्या रहन्न । तर मातातिर्थ औंशी जहिले पर्छ त्यहि दिन मनाइने मदर्स डे अनि कुशे औंशी जहिले पर्छ त्यहि दिन मनाइने फादर्स डे मनाउनु भनेको औंसी पुर्णे मान्नु नै हो । यो थोत्रो मसकमा नयाँ दाखमध राखेको जस्तै हो । होसियार !!! मत्ती ९:१७ मा येशू प्रभुले स्पष्ट भन्नुभएको छ: पुरानो मसकमा नयाँ दाखमध राख्यो भने त्यो मसक फुट्छ र दाखमध पोखिन्छ । हामी पहिलो वा दोश्रो पुस्ताका नेपालि क्रि नै हरेक पटकका औंशी मान्दै जाने हो भने, एकपटक कल्पना गरौँ त अबको ८-१० पुस्तापछिका नेपाली क्रिश्चियनहरुले कुनचाहिं चाड मान्न बाँकी राख्लान ? हामी अरु देशका क्रिश्चियनहरु जस्तै पनि होइनौं, यहाँको समाजमा पछिसम्मको निम्ति क्रिश् ो अमिट छाप छोड्ने जिम्मा आज हाम्रै काँधमा छ । त्यसैले यहाँहरु सबैलाई मेरो यो अनुरोध छ कि हामी कोही पनि औंशी पुर्णे मान्ने क्रिश्चियन नबनौं (यसैया १:१४)। By page. हामीहरुका सेनापति येशू हुन, हामी उनको पाईला पछ्याउदछौँ
Posted on: Fri, 06 Sep 2013 09:00:47 +0000

Trending Topics



class="sttext" style="margin-left:0px; min-height:30px;"> Como en todos los casos de violencia hacia las mujeres, la
I don’t expect anyone to read this except, perhaps, the powers
What is Kiss? * in Maths; kiss is the shortest distance between
Wenass WSBCVN60UGRY-56RG Deluxe Field Coverall with 6.0-Ounce Fire
Fooking bus drivers. When a bus has your destination on front of

Recently Viewed Topics




© 2015