गल्ती प्रमाणित भए म - TopicsExpress



          

गल्ती प्रमाणित भए म झुण्डिनँ तयार छु ।..:- प्रचन्ड जनता :- चितवनको बाँदर मुढेमा सार्वजनिक बसमा बम पड्कायेर ३८ जना बालबालिका, युवा, बुढाबुढिको हत्या र सयौ घाइते र अङभङ, लमजुङका प्रधानाध्यापक मुक्तिनाथ अधिकारिको रूखमा झुन्ड्याएर हत्या, दैलेखमा माओवादीले टुटाइदिएको सर्बसाधारणले खाने पानीको पाइप जोड्न अनुरोध गर्दा जिउदै खाल्डामा गाडेर गरिएको डेकेन्द्र थापाको हत्या, गोरखाका अधिकारि परिवारका स्कूले विद्यार्थीको हत्या, ओखलढुङामा उज्वन श्रेष्ठकोको हत्या लगायत एस्ता अनगिन्ती युधमा सामेल नभएका निहथ्था जनताको हत्या गल्ती हुन कि होइनन? होइनन भने किन र कसरी होइनन जनताको कठघरामा उभिएर जवाफ दिन सक्छौ प्रचन्ड? बाँदरमुढे घटनामा त बर्ष दिन अघी आँफै पुगेर यो गम्भिर गल्ती भएको र ६० लाख राहात दिने भनेर गोहिको आसुँ झारेको होइन? कता फर्किदा गल्ती भो भन्ने अर्कोतिर फर्किदा गल्ती गरेकै छैन भन्ने? के यि मारिएका नागरिक बासका ठुटा हुन? होइनन भने झुन्डिन राज्यले धेरै खर्च गर्नु पर्दैन, ४-५ मिटरको डोरी गरीबले पनि दिन्छ, झुन्डिन तयार होउ।
Posted on: Wed, 23 Oct 2013 04:50:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015