थप सुविधासहित आयो ‘सोनी - TopicsExpress



          

थप सुविधासहित आयो ‘सोनी ब्राभिया’ वायरलेस प्रविधिबाट मोबाइल सेटको फाइल टिभीमा प्ले गर्न सकिने ==================================== १८ साउन, काठमाडौं । जापानी कम्पनी सोनीले सन् २०१३ को लागि उत्पादन गरेका थप सुविधासहितका ब्राभिया टिभीको नेपालमा बिक्री सुरु भएको छ । शुक्रबार बेलुकी सोनीका जापनिज र क्षेत्रीय प्रतिनिधिसहित नेपालको लागि आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकले पत्रकार भेट गरेर बिक्री सुरु भएको घोषणा गरेको हो । उपभोक्ताका नयाँ रुचिलाई सम्बोधन गर्न कम्पनीले यसअघि उत्पादन गरेका ब्राभिया टिभीमा अनुसन्धानपछि दृश्य, ध्वनि, डिजाइन, मनोरञ्जन (गेम), सेयररिङ्ग र इन्टरनेटसम्बन्धी सुविधा थप गरिएको जनाएको छ । टिभी गुणस्तरीय दृश्य हेर्नका लागि मात्र नभएर अन्य आवश्यकता पूरा गर्ने प्रयोजनका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ । मोबाइल र टिभी बिनामाध्यम कनेक्ट हुने सोनी ब्राभिया २०१२ का केही मोडलमा एमएचएल प्रविधिअन्तर्गत केवलले जोडर अन्य डिभाइसमा भएका फाइललाई टिभी स्त्रिmनमा प्ले गर्न सकिन्थ्यो । २०१३ का ब्राभियामा वायरलेस प्रविधि जडित छ । आईएनएफसी एप्लिेकसन भएका स्मार्ट फोन तथा ट्याबबाट सोझै टिभीमा डिभाइस चलाउन सकिने ‘वान टच मिररिङ्ग फंसन’ छ भने उक्त एप्लिकेसन नभएका सेटमा वाइफाइमार्फत कनेक्ट (स्क्रिन मिररिङ्ग) गर्न सकिन्छ । त्यो सुविधा पनि नभएको अवस्थामा केवलबाट (एमएचएल) सबै सेट जोड्न सकिन्छ । वास्तविक कलरका लागि ट्राइलुमिनस टिभीमा देखिने रंग रातो, हरियो र निलोको संयुक्त रुप हो । नयाँ ब्राभियामा यी तीन रंगको मात्रा बढाएर दृश्यमा रहेको हल्का फरक रंग पनि स्पष्ट छुट्टनिे प्रविधि प्रयोग गरिएको छ । यसले हल्का हरियो र अलिक बढी हरियो तथा त्यस्तै अन्य रंगलाई स्पष्ट छुट्टाउन सक्छ । टिभीमा ट्राइलुमिनस डिस्प्ले र कलर दुवै थप गरिएको हुँदा आँखाले देखे जस्तै वास्तविक दृश्य टिभीमा देखिने दाबी कम्पनीले गरेको छ । झिरझिर हटाउने प्रविधि विभिन्न तहको अवरोध र कम गुणस्तरको कारण टिभीको दृश्यमा आउने न्वाइजलाई समेत हटाउने टिभी इन्जिन यसमा प्रयोग गरिएको छ । यो प्रविधि अत्यन्तै जटिल भए पनि सोनीको इन्जिनियरिङ्ग विभागले सम्भव तुल्याएको जापानी प्रतिनिधिले बताए । टिभीमा जडित एक्सरियालिटी इन्जिनले धेरै हदसम्म टिभीको न्वाइज हटाएर सफा देखाउने कम्पनीको दाबी छ । प्रत्यक्ष अनुभूति हुने साउण्ड टेलिभिजन कम्पनीहरुले मुख्यतः दृश्यको गुणस्तरमा ध्यान दिने गरेकोमा सोनीले ध्वनिमा पनि ध्यान दिएको छ । साउण्ड आर्किटेक्चरअन्तर्गत टिभी स्त्रिmनमा देखिएका दृश्यसँग सम्बन्धित ध्वनि वास्तविक घटनामा सुनेको अनुभूति दिने कम्पनीको भनाइ छ । सेटका नाम र विशेषता कम्पनीले आर र डब्ल्यू सिरिजमा विभिन्न सेट बजारमा ल्याएको हो । सेटअनुसार केही सुविधा फरक रहेका छन् । डब्ल्यू ६७४ए बाहेक सबैमा वाइफाइ कनेक्टको सुविधा रहेको छ भने सोनी इन्टरटेनमेन्ट, मोसनफ्लो, एमएचएल र स्त्रिmन मिररिङ्ग सबै सेटमा उपलब्ध छ । सबै सेट फूल एचडी हुन् । अरु सबै सेटमा एक्स रियालिटी इन्जिन रहेकोमा आर ५५० ए का ७० र ६० इन्चमा क्लियर रिजोलुसन इन्हान्सर रहेको छ । आर सिरिजिमा डब्ल्यू सिरिजमा नभएको साउण्ड बुस्टर पनि रहेको छ । डब्ल्यू ९५४ ए का ५५ र ४६ इन्चको टिभीमा ट्राइलुमिनस डिस्प्ले, ब्रास रिफ्लेक्स बक्स स्पिकर र वान टच मिररिङ्ग सुविधा रहेका छन् । यस्तै, ९०४ए ५५ र ४६ इन्चमा लङ डक्ट स्पिकर फरक रहेको छ । डब्ल्यू सिरिजकै ८०४ए ५५, ४७ र ४२ इन्चमा इन्जिनको हकमा मोसन फ्लो प्रयोग गरिएको छ । यस्तै ७०४ए ५० र ४६ इन्चमा ८०४एका सुविधा अतिरिक्त किनारा काटेर स्लिम बनाउने प्रविधि थप गरिएको छ । ६७४ए र ६५४ए ४२ र ३२ इन्चमा एक्स रियालिटी, मोसनफ्लो, ब्रास रिफ्लेक्स बक्स र स्त्रिmन मिररिङ्गको सुविधा रहेको छ । विभिन्न रेन्जको मूल्य ‘आर’ सिरिजमा २४ इञ्चको टिभीलाई ४० हजार ५ सय रुपैयाँ, ३२ इञ्चको टिभीलाई ६६ हजार रुपैयाँ, ६० इञ्चका टिभीलाई ३ लाख ६० हजार रुपैयाँ र ७० इञ्चको टिभीलाई ६ लाख १० हजार रुपैयाँ पर्नेछ । ‘डब्लू’ सिरिजमा ३२ इञ्चको टिभीलाई ८५ हजारदेखि ९३ हजार रुपैयाँसम्म, ४२ इञ्चको टिभीलाई १ लाख १८ हजार ५ सय रुपैयाँदेखि १ लाख ३२ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै, ४६ इञ्चको डब्लू-७०४ लाई १ लाख ९० हजार रुपैयाँ र ५० इञ्चको डब्लू-७०४ लाई २ लाख २२ हजार ५ सय रुपैयाँ पर्नेछ । ‘डब्लू-८०४’ सिरिजमा ४२ इञ्चको टिभीलाई २ लाख १५ हजार रुपैयाँ, ४७ इञ्चको टिभीलाई २ लाख ९३ हजार रुपैयाँ र ५५ इञ्चको टिभीलाई ३ लाख २५ हजार रुपैयाँ पर्ने कम्पनीले बताएको छ । डब्लू-९०४ सिरिजमा ५५ इञ्चको मूल्य ४ लाख ९५ हजार रुपैयाँ र डब्लू-९५४ सिरिजमा ४६ इन्चको ५ लाख ४५ हजार रुपैयाँ पर्ने कम्पनीले बताएको छ ।
Posted on: Fri, 02 Aug 2013 16:37:26 +0000

Trending Topics



sttext" style="margin-left:0px; min-height:30px;"> Metáfora da Semana 23/11/2013 Quantos rins nós temos? No Curso
YAAAASSSSS OR MESS: Hot Damn Hoe Here We Go Again!!! Lil Kim has

Recently Viewed Topics




© 2015