दिगो विकास भनेको के हो - TopicsExpress



          

दिगो विकास भनेको के हो ? भविष्यमका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु नै दिगो विकास हो । दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन्! i. आधारभूत आवश्यकताको परिपूर्ति ii. विद्यमान स्रोतको उचित प्रयोग । “दिगो विकास” शब्दको प्रयोग सन् १९८३मा UNO द्वारा गठित वातावरण र विकाससम्बन्धी विश्वर आयोग Brundtland Commission (ब्रुन्टल्याण्ड आयोग) [जसको अध्यक्ष Norway की प्रधानमन्त्री Dr. Gro Harlem Brundtland थिइन्] द्वारा सन् १९८७मा “हाम्रो साझा भविष्य” [Our Common Future] मा ल्याइएको थियो । प्राकृतिक स्रोत¸ साधन¸ वातावरण¸ जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ । वर्तमान पिँढीलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुर्यानउन यसले सहयोग गर्छ ।
Posted on: Sat, 24 Aug 2013 17:38:17 +0000

Trending Topics



Recently Viewed Topics




© 2015