दशैं नजिकिँदा सुनबजारमा - TopicsExpress



          

दशैं नजिकिँदा सुनबजारमा चहलपहल बढ्यो काठमाडौं, असोज २० – दशैं नजिकिँदै गर्दा सुनबजारमा चहलपहल बढ्न थालेको छ । ४/५ दिन यता सुनका गरगहनाका कारोबार बढ्न थालेको छ । यसअघि भाउ बढ्दा पुराना गहनाहरु बेचेर भाउ घट्ने पर्खाइमा रहेपनि भाउ खासै नघटेपछि नयाँ गहना किन्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो । सुनको भाउ बढेपछि पुराना गहना सबै बेचेर केही समय भाउ घट्ने आशामा बसेका ग्राहकहरुले भाउमा खासै घटबढ नभएपछि फेरी नयाँ गहना किन्न थालेको उहाँको भनाइ छ । सुन बजारमा अहिले दैनिक ३०/३५ किलो सुनको कारोबार भएको छ । कारोबार बढेको केही दिन मात्रै भएकाले बाहिरी जिल्लाहरुको तथ्यांक भने खासै आइनपुगेको शाक्यले बताउनुभयो । माग नभएका बेला संचित सुन पनि अहिले बजारमा आउन थालेकाले सुनको अभाव भने खासै नहुने उहाँले जानकारी दिनुभयो । यस्तै दशैंका लागि भन्दै चाँदीका सामान किन्नेहरुको संख्या पनि बढ्न थालेको छ । टिका जमरा राख्ने टिकादानी, रिकापी, जलघडा, आरती जस्ता चाँदीका सामान बिक्री भईरहेको व्यवसायीहरुले बताएका छन् । त्यस्ता सामान १३/१४ तोलादेखि ७५/८० तोला सम्मका हुन्छन् । दशैं सकिनासाथ तिहारका लागि चाँदीका सिक्का, लक्ष्मीगणेशको मूर्ति, पूजाथाली, दियो लगायतका सामानको कारोबार ह्वात्तै बढ्ने गरेको छ । News Live Download
Posted on: Sun, 06 Oct 2013 05:03:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015