नेपाली कांग्रेसको - TopicsExpress



          

नेपाली कांग्रेसको दोस्रो सत्याग्रहः लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग आन्दोलनको विकल्प रहेन। यसै सिलसिलामा २०११ साल पौष २६ गते निम्नलिखित ६ सुत्रीमागको आधारमा नेपाली कांग्रेसले देशव्यापी सत्याग्रह शुरु गर्‍यो। १. शान्ति सुरक्षा कायम होस् - ज्यू धनको रक्षा होस् २. नागरिक हक सुरक्षित होस् - स्वतन्त्र न्यायालय कायम होस् ३. सल्लाहकार सभा धोखा हो - आम निर्वाचन चाँडो होस् ४. चामलको भाउ सस्तो होस् - महंगी चाँडो हटाइयोस् ५. मुद्राको नियन्त्रण होस् -नोटको भाउ घटाइयोस् ६. हाम्रो स्वतन्त्रता गुम्न नपाओस् - देशको इजत बाँची रहोस्। २६ र २७ गते दुर्इदिनसम्म सत्याग्रह चलेपछि राजकीय परिषदबाट मागहरू पूरा गरिदिने स्वीकृति प्राप्त भएकाले नेपाली कांग्रेसका अध्यक्ष वी.पी. कोइरालाले "सत्याग्रहको विजय भएकोले" सत्याग्रह स्थगित गर्न आव्हृान गर्नुभयो। छैठौं महाअधिवेशन र समाजवादी घोषणा - वि.सं. २०१२ माघ १० र ११)ः वि.सं. २०१२ माघ १० र ११मा विरगन्जमा सुवर्णशमशेरलाई सभापति बनाई नेपाली कांग्रेसको छैठौँ महाअधिवेशन सम्पन्न भयो। महाअधिवेशनले ः • लोकतन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्दनबाट समाजवादी समाजको निर्माण गर्ने, • सामाजिक न्यायका आधारमा आर्थिक संवृद्धिका लागि भूमि सुधार र औद्योगिकरण गर्ने, • धार्मिक, जातीय, वाणिर्क र लिङ्गीय निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने, • सामाजिक रूपान्तरणका लागि विकेन्द्रीकरण कार्यक्रम लागु गर्ने, • संविधान सभाको निर्वाचन तत्काल गर्न दवाव दिने, • एशियाई समाजवादी सम्मेलनको सदस्यता लिने, • समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्ने लगायत विभिन्न १८वटा प्रस्तावहरू पारित भएको देखिन्छ। वी.पी. द्वारा प्रस्तुत समाजवादी घोषणपत्र स्वीकृत भएपछि सभापतिको हैसियतले श्री सुवर्ण शमशेरले -"हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुन सक्दछ भनी आफ्नो लक्ष बनाउका छौं। समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न संकल्प गरेका छौं।........." भन्नु भएको थियो। यस भन्दा अगाडि नै भारतीय उपमहाद्वीपका प्रखरसमाजवादी व्यक्तित्वका रूपमा नेपाली कांग्रेसका नेता वी.पी. कोइरालाले व्यक्तिगत हैसियतमा २०११ सालमा जापानमा भएको एशियाली समाजवादी सम्मेलनमा भागलिई सक्नु भएको थियो। पंक्षि ०१३ सालमा बर्म्र्ब्इमा भएको द्वितीय एशियाली समाजवादी सम्मेलनमा नेपाली कांग्रेसले त्यस सँगठनको पूर्ण सदस्यता प्राप्त गर्‍यो। बर्म्बई सम्मेलनकै निर्णयबमोजिम नेपाली कांग्रेसको आयोजनामा २०१४ साल चैत्र १३,१४ र १५ गते एशियाली समाजवादी संघको तेस्रो सम्मेलन काठमाडौमा सम्पन्न भयो। भारत, पाकिस्तान, वर्मा, जापान, पश्चिमी इजरायल, इन्डोनेशिया र भियतनाम समेतका प्रतिनिधिहरूले भाग लिएको र अनेक उपलब्धि हासिल गर्न सफल रहेको उक्त सम्मेलन नेपालमा सम्पन्न हुनाले नेपाली कांग्रेसको मात्र हैन राष्ट्रकै प्रतिष्ठानलाई त्सले बढाएको थियो।
Posted on: Sun, 18 Aug 2013 14:40:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015