परिषद्ले १२ कक्षाको - TopicsExpress



          

परिषद्ले १२ कक्षाको परीक्षामा एक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई आउँदो ३१ गतेभित्र मौका परीक्षाका लागि सम्बन्धित विद्यालयमा आवेदन फारम भर्न आग्रह गरेको छ । मौका परीक्षा कात्तिक ९ गते शनिबार विहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परिषद्ले जनाएको छ । परीक्षाको केन्द्र भने केहि दिनपछि निकाल्ने परिषद्को तयारी छ । परिषद्ले गएको बैशाख जेठमा संचालन भएको कक्षा १२ को परीक्षाफल बुधबार प्रकाशित गरेको हो । यसवर्ष नियमित तर्फ २ लाख ८ हजार ७ सय १ ले परीक्षा दिएकोमा ८० हजार ६ सय २० जना उत्तीर्ण भएका छन् ।
Posted on: Thu, 26 Sep 2013 02:34:39 +0000

Trending Topics



Recently Viewed Topics




© 2015