प्राचिन नेपाल र - TopicsExpress



          

प्राचिन नेपाल र किरात प्रा मदन रिमाल वंशावली अनुसार, काठमाण्डौ उपत्यकामा गोपाल र आभिर राजवंशी पछि किँरात राजवंशको शुरुवाट हुन्छ । गोपाल राज वंशावली अनुसार ३२ जना किँरात राजाहरुले काठमाण्डौ उपत्यकामा राज्य गरेका थिए । किरात को हुन् ? सँस्कृत भाषामा किरात शब्दको अर्थ वनमा घुम्ने वा बस्ने समुदाय भन्ने हुन्छ । यस अर्थले कुनै बिशेष जाति या समुदाय भन्ने बुभिन्छ । विक्रमजित हसरतले आफ्नो पुस्तक History of Nepal किराता शब्द किरियाट KIRIATE शब्द बाट बनेको हो । भुमध्य सागर क्षेत्रको (मेडिटेरियन) मोभाईट भन्ने भाषाको यो शब्दको अर्थ किल्ला वा शहर भन्ने हुन्छ । उनको भनाई अनुसार, किरियातहरु आफ्नो मुल ठाँउ बेबीलोनबाट हिबु्र जातिबाट पराजीत भई भगाईए, यिनका शाखाहरु लगभग २४०० ईशापुर्व तिर मेशोपोटामिया तिर गए । कुनै शाखा हिमालय पर्वत तिर आइपुगे । नेपालका किरातहरु किरियाट कै सन्तान थिए मा थिएनन्, उनिहरु कहिले कसरी यस क्षेत्रतिर आए भन्ने कुरा हाल सम्म अज्ञात छ । बाल्मिकी रामायणमा किरातहरुलाई पहेलो वर्णको जाति भन्दै यि जातिका मानिसहरु संगसंगै उल्लेख गरिएको छ । माहाभारतमा किरातका सात राज्यहरु भीमसेनले विजय गरेको चर्चा गरिएको छ । यी सात राज्यलाई विदेहेको नजिक रहेको उल्लेख पाइन्छ । विदेह र्वतमान भारतका विहार राज्यको डरभंगा, मधुवनी र वर्तमान नेपालको धनुषा, महोत्तरी, सर्लाही, सप्तरी क्षेत्रमा पर्दथ्यो । यर क्षेत्रको सिन्धुलीगढी, उदयपुरगढी आदि प्रसिद्द ऐतिहासिक स्थल हुन् । किरातहरुका उल्लेखित सात राज्यहरु संभवत यिनै क्षेत्रमा पर्दथ्यो । लगभग यसै क्षेत्रको नजिक बस्ने राई र लिम्बु आदि बर्तमान जातिहरु आफ्नो सम्बन्ध पारम्परिका किरातसँग जोडी स्वयंलाई किराती भन्दछन् । ईमानसिँह चेम्जाङेका अनुसार, कुनै समय यि जातिहरुको राज्य मिथिला सम्म फैलिएको थियो । चेम्जोङले किरात परम्पराको अनुसार वर्तमान नेपालका प्रायः सबै तिब्बति बर्मन भाषा बोल्ने जातिहरु किरात कै शाखा हुन् । वर्तमान नेपालको पुर्वी क्षेत्रमा बसोबास गर्ने किरातीहरुको परम्परा अनुसार मुनाफेङन हा नामक किराति राजा चिनको सु–चु–हाङ प्रान्तबाट तिब्बत हुदै नेपाल आए । प्रस्तुत तथ्यहरुबाट निश्चित कुरा थाहा नपाइएता पनि यस क्षेत्रमा लगभग ईशापुर्व एक हजार बर्ष तिर किरातहरु बस्दथे । जसलाई पछिका बैदिक आर्यहरुले पनि चिन्दथे भन्ने तथ्य स्पष्ट हुन्छ । प्राचिन नेपाल र किरातः नेपालको प्रामाणित इतिहास लिच्छवि राजाहरुको समय देखि सुरु हुन्छ । लिच्छविकालका अभिलेखहरु बाट पनि काठमाण्डौं उपत्यकामा लिच्छविहरुको आगमन भन्दा पहिले किरातहरुको अस्तित्व रहेको संकेत पाइन्छ । लिच्छविकालका सबै अभिलेखहरु तत्कालीन राष्ट्भाषा संस्कृतमा लेखिएको छन् । लिच्छविकालमा प्रचलित मुख्य कार्यालयका नाँऊ, केही कर, दण्द, वस्ती, खोला–नाला, पाहाड–डाँडा, कुलो–खेत आदिका नाम र केही ब्यक्तिगत नामहरु संस्कृत भाषाका नभई अन्य भाषाका हुन् भन्ने मानिन्छ । यी नामहरु कठोर ध्वनीका छन् । केही ठाँउको नाम यस प्रकार छन् – युपगा्रम अर्थात वर्तमान पाटन, खोप्रिङ अर्थाात वर्तमान भक्तपुर, कुर्पासी अर्थात वर्तमान खोपासी, तेग्वल अर्थात त्यागल टोल, सांगा, तेङ्खु अर्थात टेकु आदि छन् । त्यस्तै केही कार्यालयहरुको नाँउ यस प्रकार छ –कुथेर अधिकरण, सोल्ल अधिकरण, लिङवल अधिकरण, मापचोक अधिकरण आदि । त्यस्तै करको नाउमा चोपखरा, चैलकर (चोपखरा कपडामा लागेको कर), सिंकर (काठमा लागेको कर) आदि । धनबज्र बजा्रचार्यका अनुसार, लिच्छवी अभिलेखहरुमा उल्लेखित चो शब्द डाँडाको अर्थमा, गुँ शब्द जंगल भएको डाँडाको अर्थमा, बुँ शब्द खेतको अर्थमा, किच शब्द हात्तिको अर्थमा, तिलमक शब्द कुलोको अर्थमा लिएका छन् जो हाल नेवारी भाषामा पनि उपयोग गरिन्छ । त्यसैगरि ब्यक्तिगत नामहरु विष्णु पादुकाको अभिलेखमा एकजना अधिकारीको नाम केदुमपाट भनिएको छ । ईमानसिङ चेमजोङका अनुसार, हाल बोलिने किराति भाषामा बलियो अथवा माटिलोको अर्थमा केदुम्बा शब्द अझै प्रचलित छ । अंशुवर्माको हाँडिगाउँको सम्वत् ३२को अभिलेख बाट कुनै हुलाकिको नाउा गोच्छिमजाक भन्ने पाइन्छ । नक्साल नारायण चौरको अभिलेखमा रोगमाचौ र सिन्द्रिर द्धारेको नाम उल्लेख भएको पाइन्छ । उपयुक्त प्रकारका शब्दहरु, जो संस्कृत भाषाका होइनन् ती लिच्छवी शासनको आरम्भ हुनु अघिदेखि नै चलेको र लोकप्रिय भएकाले तिनको साटो अन्य संस्कृत नामले सर्वसाधारण लाई बुझाउन नसकिने भएकाले यिनलाई जस्ताको त्यस्तै राखिएको विश्वास गरिन्छ । अशुवर्माको राज्यकालको हनुमानढोका दरवारको एक खण्डित अभिलेखमा किरात बर्षघर भन्ने पाइन्छ । जो कुनै पुरानो दरवारको जिर्णोद्धारको कुराको सिलसिलामा लेखिएको छ । अशुवर्मा पछि यहाँ कुनै कार्यालय रहेको थाहा पाइन्छ । धनबज्र बजा्रचार्यले यस दरबारलाई दक्षिण राजकुल दरवार मान्नु भएको छ । तर अभिलेखमा उल्लेखित शब्दको भरमा सो दरबार किरात कालिन मान्न सकिन्दैन । यसमा अझ अनुसन्धान गर्नुपर्दछ । प्रायः सबै विद्दानहरु ऐतिहासिककालका अभिलेखहरुमा उल्लेख भएका असंस्कृत शब्दहरु किरात भाषाका अर्थात तिब्बतोवर्मन भाषाका हुन् भन्ने कुरा मान्दछन् । भाषाको दृष्टिले नेपालका किराती, नेवार, तामाङ र अन्य तिब्बेतोवर्मन बोल्नेहरुस्ांग किरातको सम्बन्ध रहेको देखिन आउँछ । किरातको जीवन र समाजको बारेमा केही थाहा हुन सकेको छैन तर भाषा परम्पराको रुपमा किरातको साँस्कृतिक प्रभाव हालसम्म पनि जिवित छ । किरातहरुको समसामयिक लिखित सा्रेत प्राप्त छैन । अन्य कुनै ठोस प्रमाणले किरातका अस्तित्व स्पष्ट पार्न सकेको छैन । काठमाण्डौं उपत्यकामा भएका उत्खननबाट पनि लिच्छवीकाल अगाडीको अवशेष पाएको छैन । तर यहाँको परम्परागत इतिहास, लिच्छवीकालिन अभिलेखमा उल्लेखित शब्द, नाम,कार्यालयको नाम, केही किरातकालिन भनि मानिएका मूक्तिहरुले किरातहरुको शासन ब्यवस्थाको अस्तित्वको संकेत गरेको छ । यस विषयमा पुरातात्विक अन्वेषण र उत्खनन् गरेर खोजविन गर्नु अत्यन्त आवश्यक छ । किरातको इतिहास ःवंशावलीहरु अनुसार, कलियुगको आरम्भ अर्थात लगभग ३१ सय इशापुर्व देखि नै किरात वंशका राजाहरुले नेपालमा शासन आरम्भ गरेका थिए । इतिहासकार डिल्लीरमण रेग्मीले किरातहरुका मुख्य ३ समुह ३ विभिन्न समयमा ईशापुर्व ७०० भन्दा पहिले काठमाण्डौ उपत्यकामा आए भन्ने मान्यता राख्नु भएको छ । वहाँको अनुमानमा प्रथम किराति राजा एलङ वा एलुङ अन्तिमा वा तेसा्रे समुहको नाइके थिए । जो ईशापुर्व ७०० तिर उपत्यकामा आएका थिए । किरातिहरुको आगमनले गोपाल र महिषपाल राजाहरुको समयमा यहाँ बसोबास गर्दे आएका आरम्भिक निवासिहरु संगको सम्र्पकले एउता नयाँ जातिपना र संस्कृतिको प्रारम्भ भएको हुनुपर्दछ । जो नेपाली संस्कृतिको जग हुनगएको छ । किरातिहरुको संख्या आरम्भिक निवासीहरु भन्दा बढी भएको हुनुपर्दछ । किरातहरु योद्धाको रुपमा मात्र होइनन् कृषक, पशुपालन र कलाकारको रुपमा आएका थिएहोलान् । यिनिहरुको आफ्नो भाषा र संस्कृतिका अन्य अंगहरुले तत्कालीन जन–जीवनमा महत्वपुर्ण परिवर्तन मात्र होइन राष्ट््र निर्माणमा समेत विशिष्ट योगदान दिए । वंशावलीहरुमा दिइएका राजाको नामको सूचीमा यिनको नाम,क्रम र सूचीमा अन्तर पाइन्छ । राइतको वंशावलिमा किराति राजाहरुको संख्या ३२ दिइएको छ । तर राज्यकाल दिइएको छैन । भाषा वंशावलिमा २८ किराति राजाहरुले जम्मा १०४१ बर्ष राज्य गरे भन्ने उल्लेख पाइन्छ । कर्कपेट्रिकको वंशावलिमा २७ जना किराति राजाहरुले जम्मा १५८१ बर्ष सम्म राज्य गरेको उल्लेख छ । गोपालराज वंशावलीमा ३२ किराति राजाहरुले १८५९ बर्ष सम्म राज्य गरेको उल्लेख छ । वंशावलिहरुको यस्तो भिन्नताले समस्या उत्पन्न गरेको छ । बोद्ध परम्परालाई मान्ने हो भने छैठौं पाचौं शताब्दि इशापुर्वतिर उपत्यका आवाद थियो । इतिहासकार बाबुराम आर्चायले त्यो आवादि संम्भवत किरातहरुकै थियो भन्ने मान्नु भएको छ । आर्चायका अनुसार, बुद्धको समयतिर र केही पछि मगध र कौशलको राजतन्त्रात्मक ब्यवस्था बलियो हुदै गएपछि किरातहरुले पनि राजतन्त्रात्मक ब्यवस्था कायमा गरे । यसो भएमा किरातहरुको राजतन्त्रात्मक ब्यवस्था ५औ, चोठौं शताब्दि इशापुर्वतिर सुरु भएको हुनसक्दछ । जो लिच्छवीबाट पराजित भए सम्म चलि नै रहयो । डिल्लीरमण रेग्मिले प्रत्येक राजाको राज्यकाल २५ मानेर किरात राज्यकालको प्रारम्भ छैठौ. शताब्दि ईशापुर्व मा भएको अनुमान गर्नुभएको छ । बंशावलिहरुमा प्रथम किराती राजालाई एलङ,एलुङ वा यलम्बर भनिएको छ । प्रायः सबै वंशावलिहरुले यिनको राज्यकाल ३० बर्ष मानेका छन् । भाषा वंशावली अनुसार, यिनकै पालामा महाभारतका अर्जुन र किरातरुपि शिव बिच युद्द भएको थियो । अर्जुनको धर्नुविद्याबाट प्रभावित भई शिवले उनलाई पाशुपतास्त्र दिए । राइत वंशावली अनुसार, किराति राजा हुमतिको समयमा अर्जुन र शिवको युद्द भएको थियो । भाषा वंशावली अनुसार, दोस्रो किराति राजा पवि वा पम्बीले महाभारतको युद्दमा भाग लिएका थिए । राइतको वंशावली अनुसार, ७औ किराति राजा जितेदास्तीले महाभारतको युद्दमा भाग लिएका थिए र उनि त्यसै युद्दमा मारिए । सोही सा्रेत अनुसार, जितेदास्तिकै पालामा बुद्ध नेपाल आएका थिए । बुद्धले स्वयं चैत्य र मंजुश्री चैत्यको दर्शन गरे र स्वयंभु भन्दा पश्चिममा रहेको पुछाग्र चैत्यमा बुद्ध बसेका थिए । बुद्धसंग सारिपुत्र, मौदगल्यान र आनन्द पनि नेपाल आएका थिए बुद्धले नेपालमा १३५० ब्राम्हण र क्षत्रियहरुलाई बौद्ध धर्ममा दिक्षित गरेको थिए । यसरी एउटै राजाको समयमा महाभारत युद्ध भएको र भगवान बुद्धको आगमन भएको कुराको उल्लेख त्रुटीपूर्ण देखिन्छ । राइटको बंशावली अनुसार चौथौं किराती राजा स्थुङको को समयमा मगध सम्राट अशोक नेपाल आए । उनले बौद्ध तिर्थ स्थानहरुको भ्रमण गरी पाटनमा चैत्यहरु बनाए । देवपाल संग चारुमतिको विवाह गरी ३६ सय रोपनी जग्गा दाइजो दिई अशोक फर्किए । चारुमतिले यहाँ विहार, चैत्य आदि बनाई देवपत्तन नगर बसाइन । भाषा बंशावली अनुसार २८ सौं राजा गलिजको राज्यकालमा दक्षिणबाट आएका निमिषटङ्कार वर्माको काठमाण्डौं उपत्यकामा आक्रमण भयो । जसमा किरात बंशको अन्त भयो । राइटको बंशावली अनुसार २८ सौं रजा पटुक लाई पश्चिमबाट आएका सोम बंशी निमिषले आक्रमण गरी गोकर्ण दरबार हात पारे । पटुक भागेर साँगुमा गए । पटुकका उत्तराधिकारी पूर्ण रुपले सोम बंशी राजाबाट पराजित भए । भाषा बंशावली र राइटको बंशावली अनुसार किरातहरुको दरबार गोकर्णमा थियो । हाल गोकर्णको जंगलमा कतै हुुनुपर्दछ अनुसन्धान पछि मात्र केहि थाहा हुनेछ । किरातहरुको विषयमा यसभन्दा वढी थाहा पाइदैन । उनीहरुको शासन व्यवस्था ज्यादै उच्चतहको थियो । उनीहरुले नै नेपाललाई राज्यको स्वरुपमा विकसित गर्न योगदान गरेका हुन । लिच्छविकालमा समेत प्रचलित लोकप्रिय कुथेर, लिङवल, शोल्ल र मापचोक जस्ता कार्यालयहरुको निरन्तरताले किरात कालिल उच्च स्तरिय राज्य व्यवस्थालाई पुष्टि गर्दछ । किरातकालको सम्बन्धमा खोजीगर्न पुरातात्विक अन्वेषण र उत्खननको आवश्यकता छ । नेपाल सरकार र सम्बन्धित संघ संस्थाले यसको खोजी गरे धेरै कुराहरुको जानकारी हुनेछ ।
Posted on: Tue, 25 Jun 2013 16:10:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015