प्रहरीले थाल्यो गाँजा - TopicsExpress



          

प्रहरीले थाल्यो गाँजा फाड्न २५ असार, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाका विभिन्न भागमा गाँजा फँडानी अभियान सुरु गरेको छ । गाँजा सेवन गर्नेको सङ्ख्या बढ्दै गएपछि राजमार्ग छेउछाउ र खेतबारीमा रहेको गाँजा फँडानी गर्न सोमबारदेखि अभियान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विष्णुबहादुर थापाको नेतृत्वमा पुगेको टोलीले शिवालय र खुर्कोट गाविसका विभिन्न क्षेत्रमा गाँजा फँडानी गरेको हो । पोखरा-बागलुङ राजमार्गमा पर्ने शिवालय गाविसको छमर्केदेखि खुर्कोट गाविसको नयाँ पुलसम्मको क्षेत्रमा गाँजाका बोट फँडानी गरिएको छ । राजमार्ग किनार र वरपरका गाउँबस्तीमा रहेका करिब पाँच हजार ५ सय बोट फँडानी गरिएको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिनुभयो । “राजमार्ग क्षेत्र र वरपरका गाउँमा युवा गाँजा लिन जाने सम्भावना भएकाले गाँजा तयार नहुँदै फँडानी गरिएको हो”, उहाँले भन्नुभयो । अभियानअन्तर्गत सदरमुकाम कुस्माबजार वरपरका क्षेत्रहरु चुवा, गोदा, कटुवाचौपारी, शङ्करपोखरीलगायतका क्षेत्रमा पनि गाँजा फँडानी गरिनेभएको छ । विगतका वर्षहरुमा पनि प्रहरीले सो क्षेत्रबाट गाँजा फँडानी गर्दै आएको थियो । सदरमुकाम कुस्माका दुव्र्यसनी युवाले ती ठाउँलाई अखडा बनाउने र दिनभर गाँजा खाने गरेको भन्ने उजुरीका आधारमा गाँजा फँडानी गर्दै आएको छ । केही वर्ष पहिले कुस्माबजारका स्कुले विद्यार्थीको मूत्र परीक्षण गर्दा गाँजाको मात्रा भेटिएको थियो । युवालाई दुव्र्यसनमा फस्नबाट जोगाउन अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । रासस
Posted on: Tue, 09 Jul 2013 08:22:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015