बुबाले दाइजो दिन नसकेपछि - TopicsExpress



          

बुबाले दाइजो दिन नसकेपछि चार छोरीले गरे आत्महत्या मुल्तान, आश्विन ४ - पाकिस्तानको पञ्जाव प्रान्तबाट दक्षिणमा पर्ने माइल्सी भन्ने स्थानको एक परिवारका चारजना छोरीले आत्महत्या गरेका छन् । उनीहरूका पिताले दाइजोको प्रबन्धका साथै विवाहकै लागि पनि व्यवस्था गर्न नसकेपछि ती चारैजना छोरीको विवाह हुन सकेको थिएन । गरिबीका कारण बुबाले आफ्नो विवाह गर्न नसकेको भनी निकै तनावमा रहेका ती दिदीबहिनीले शुक्रबार सामुहिक रूपमा आत्महत्या गरेको पाकिस्तानबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्ना पितालाई सो विषयमा जानकारी गराउँदै उनीहरूले पानीको नहरमा हाम फालेर आत्महत्या गरेका थिए । यसरी हाम फालेपछि चारजना बहिनीको ज्यान गएको थियो । तर सो नहरबाट एकजना बहिनी भने बाहिर निस्किएकी र उनको जिवीतै उद्वार गरिएको बताइएको छ । उनीहरूको विवाहको बारेमा पितासँग केही दिनअघि विवाद भएको पनि छिमेकीले जनाएका छन् । बासिर अहमद राजपुतले आफ्ना पाँचवटी छोरीको विवाह गर्न सकेनन, किनभने विवाहका लागि आवश्यक खर्च र दाइजोका लागि उनीहरूसँग पैसा पनि थिएन– एकजना प्रहरी अधिकारी मलिक दाउद हुसेनले बताए । त्यस विषयमा गत मङ्गलबार ती छोरीले आफ्ना पितासँग विवाद पनि गरेका थिए । सो विवादपछि उनीहरूले रिसको झोँकमा घरनजिकैको पानीको नहरमा हाम फालेर ज्यान गुमाएका पनि ती प्रहरी अधिकारीले जानकारी दिएका छन् । ती छोरीहरू ३५, ३८, ४३ र ४५ वर्षका थिए । ती मध्ये ३१ वर्षकी कान्छी छोरी भने उक्त नहरमा तैरिन पुगेकी थिइन् । उनलाई जिवीतै उद्वार गरी अस्पताल भर्ना गरिएको बताइएको छ । एकजना छिमेकीले कान्छी छोरीको उद्वार गरिएको र त्यहाँ बगेर मृत्यु भएका दुईको शव फेला पारिएको जानकारी दिए । अर्का दुई जनाको भने खोजीकार्य जारी रहेको बताइएको छ । पाकिस्तानको गरिब परिवारमा दाइजो प्रथा निकै ठूलो समस्याका रूपमा देखा परिरहेको छ । छोरीको विवाहमा दाइजो दिन नसक्दा कयौँ परिवारले विवाह नै गर्न सकिरहेका छैनन् । यसरी दाइजोकै कारणले ती गरिब स्थानका युवतीहरूले आत्महत्या पनि गर्ने गरेका छन् । दाइजो प्रथाका कारण समाजमा अरूपनि कयौँ खालका बिकृति पनि आउने गरेका छन् । प्रकाशित मिति: २०७० आश्विन ४ ०६:३३
Posted on: Fri, 20 Sep 2013 13:34:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015