मिति २०१३ जुलाई १३ - TopicsExpress



          

मिति २०१३ जुलाई १३ तारिखका दिन मुनिख शहर स्थित आइनवेल्ट हाउसमा नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जर्मनी वार्यन क्षेत्रीय कमिटीको तेश्रो सम्मेलन भव्यताका साथ सम्पन्न भयो । निवर्तमान अध्यक्ष क. अमृत न्यौपानेको अध्यक्षता सम्मेलनको उदघाटन सत्र संचालन भएको थियो जसमा प्रमुख अतिथि आइसीसी प्रतिनिधि तथा एनडिएफ जर्मनीका सल्लाहकार सन्तोष भट्टराई, विशेष अतिथि क. नवराज रोश्यारा र अतिथि क. लक्ष्मी अधिकारी रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क. राम कुमार अधिकारीले गर्नु भएको थियो । शहिदहरुको संझनामा मौनधारण गर्दै शुरु भएको कार्यक्रममा एनडिफ जर्मनीका सचिव क. यज्ञ अधिकारीलाई हालै विद्यावारिधि सफलताका साथ सम्पन्न गर्नु भएकोमा एनडिफको तर्फबाट सम्मान गरिएको थियो । सम्मेलनको सफलताको लागि एनडिफ जर्मनीका महासचिव क. कुम्भ रेग्मी, सदस्य क. लक्ष्मी अधिकारी, कोषाध्यक्ष क. काजी एल्मो, सल्लाहकार क. लिलाराज कार्की, सल्लाहकार क. हरि न्यौपाने, उपाध्यक्ष क. रण बहादुर विक, सल्लाहकार क. खडग न्यौपाने, एनडिफ युरोप प्रतिनिधी तथा सल्लाहकार क. भोजराज त्रिपाठी, सल्लाहकार क. सन्तोष भट्टराई, र अध्यक्ष क. नवराज रोश्याराले आ–आफ्ना मन्तव्यहरु राख्नु भएको थियो । उक्त सत्रमा गत मार्च २०१३ मा सोही स्थानमा भएको एनडिएफ जर्मनीको तेश्रो सम्मेलनलाई सहयोग गर्नुहुने कमरेडहरुको योगदानलाई पुनःस्मरण गरिएको थियो । कार्यक्रमका सभापति तथा निवर्तमान अध्यक्ष अमृत न्यौपानेले हालसम्मको क्षेत्रिय कमिटि भंग गरिएको र वन्दशत्रको लागि अध्यक्ष मण्डल घोषणाको साथै उदघाटन सत्रको अन्त भएको थियो । क. लिलाराज कार्किको संयोजकत्वमा रहेको अध्यक्षमण्डलमा हरि न्यौपाने र काजि एल्मो रहनु भएको थियो । अध्यक्ष मण्डलको सहजीकरण र वन्द सत्रमा उपस्थित सहभागिहरुले बढिमा १३ सदस्यीय क्षेत्रिय कमिटि बनाउने निर्णय भयो । जसमा कोषाध्यक्ष र ४ सदस्यहरु बाहेक ८ जना पदाधिकारी तथा सदस्यहरुको चयन भयो । जसअनुसार अध्यक्षमा पर्वत श्रेष्ठ, उपाध्यक्ष अविनाश नेपाली, सचिव नगेन्द्रमान खत्रि, सहसचिव राम कुमार अधिकारी र सदस्यहरुमा अमृत न्यौपाने, राधा थापा, सरोज अधिकारी र रोशन खडका रहनु भएको छ । त्यस्तै सल्लाहकारमा रविन राई, भक्त गुरुङ्ग र लक्ष्मी अधिकारीलाई चयन गरिएको छ । नवनिर्वाचित क्षेत्रिय कमिटिको सपथ ग्रहण पश्चात अध्यक्ष क. पर्वत श्रेष्ठबाट राम्रो काम गर्ने र सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । त्यस्तै अध्यक्ष मण्डलका संयोजक तथा एनडिफ जर्मनीका सल्लाहकार लिलाराज कार्किबाट नयाँ कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वन्द सत्रको अन्त्य गरियो ।
Posted on: Mon, 15 Jul 2013 19:54:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015