===युवती जिस्क्याएको - TopicsExpress



          

===युवती जिस्क्याएको निहुँले उग्ररुप लिएपछि सिराहमा अनिश्चितकालिन कर्फ्यु=== सिरहाको सारस्वर गाविसमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिन प्रशासनले अनिश्चितकालीन कफ्र्यू लगाएको हो । त्यस्तै, प्रहरीले एक दर्जनभन्दा अश्रु ग्यास पनि प्रहार गरेको छ । सोमबार धनुषाबाट सिराहास्थित चारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न गएका बेला एक समूहका युवाले युवतीहरूलाई जिस्क्याएको निहुँमा सुरु भएको विवाद झडपमा परिणत भएको हो । झडपमा १० जना घाइते भएका छन् भने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहानैदेखि महादेवस्थानमा सिराहाका विभिन्न गाउँ तथा छिमेकी जील्ला धनुषाबाट समेत आएका मानिसहरूले टोली बनाइ आक्रमण गरेको बताइएको छ । उक्त समूहले स्थानीयहरूको घरमा पसेर तोडफोड र लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरूले ४ वटा घरमा आगजनी समेत गरेका छन् । आगो नियन्त्रणका लागि इटहरी, लाहान, राजविराजबाट वारुण यन्त्र ल्याइएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले घटना रोक्ने प्रयास गरेपनि विभिन्न समूहमा गाविसभरी छरिएका कारण समस्या परेपछि कफ्र्यु लगाउनुपरेको प्रशासनले जनाएको छ । करिव ५ हजार जनाको समूहले विभिन्न स्थानमा फैलिएर आक्रमण गरेकाले स्थिती अझैपनि नियन्त्रणमा लिन कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
Posted on: Fri, 09 Aug 2013 10:36:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015