राम्रो निन्द्राको लागि - TopicsExpress



          

राम्रो निन्द्राको लागि केही उपयोगी टिप्सहरु… तपाईं औषधी बिना राम्रो निन्द्रा सुत्न सक्नु हुन्छ । तल दिईएका केही कुराहरुलाई ध्यान दिनु भयो भने तपाईंलाई अबस्य फाईदा हुनेछ । १ सुत्नु अगाडि relax हुने कोशीस गर्नुस् । हल्का walk गर्नुस् अथवा newspaper पढ्नुस् । सके सम्म यस्तो काम गर्नुस् जसले तपाईंलाई तनाब दिदैन ।२ आफ्नो कागजी काम वा आफ्नो काम सँग सम्बन्धित कार्यहरु सके सम्म साँझ तिरै सक्याउनुहोस् । ३ यो कुराको ध्यान राख्नुस् कि तपाईंको सुत्ने कोठामा धेरै हल्ला नहोस् , नसुनियोस । ४ यदी तपाईंको कोठामा धेरै हल्ला हुन्छ भने सके सम्म त्यसलाई हटाउने कोशीस गर्नुस् तर नसक्ने हो भने कानमा earplugs लगाउनुहोस् । ५ तपाईंलाई राम्रो निन्द्रा लाग्ने ठाउको बारेमा सोच्नुस् र आफु त्यही भएको कल्पना गर्नुस् । सकिन्छ भने आफ्नो कोठामा त्यो ठाउको माहोल बनाउने कोसिस गर्नुहोस् । ६ तपाईंले खाने गरेको औषधीलाई चेक गराउनुहोस् कही त्यो औषधिले तपाईंमानर्भस हुने तत्वको साईड effect त गराइराखेको छैन । ७ आफ्नो कोठाको ventilation खुल्ला राख्नुहोस् तर यो याद राख्नुहोस् कि कोठा धेरै चिसो नहोस् । ८ धेरै blankets को प्रयोग नगर्नुहोस् , धेरै कम पनि होइन । ९ आफ्नो खुट्टाहरुलाई Blanket ले धेरै टाइट हुने गरेर नछोप्नुहोस् , सके सम्म खुट्टाहरुलाई स्वतन्त्र छाडिदिनुहोस् । १० तपाईंको ओछ्यान धेरै नरम तथा लचिलो नहोस् । ११ तपाईंको उचाइ अनुसार तपाईंलाई बेडमा स्वतन्त्र सँग सुत्ने ठाउँ होस् यदी तपाईंको उचाइ ६ फीट छ भने सिङगल बेडमा नसुत्नुहोस् । १२ तपाईंको पाइजामा वा नाइट ड्रेस धेरै टाइट नहोस् लुज होस् , तपाईंलाई कन्फर्टेबल महसुस होस् । १३ आफु सुत्ने तकिया तपाईंलाई कस्तो मन पर्छ नरम वा कडा जुन तपाईंलाई सजिलो र राम्रो लाग्छ त्यही प्रयोग गर्नुहोस् । १४ तपाईंलाई सुत्दा खेरी हल्का लाईट मन पर्छ कि अध्यारो त्यो सुनिस्चित गर्नुहोस् । १५ एउटै समयमा ७ दिन सम्म उठ्ने कोशीस गर्नुहोस् । १६ आफ्नो निन्द्रा खुली सके पछि पनि ओछ्यानमै अल्छि गरी बसी नराख्नुहोस्। निन्द्रा खुली सके पछि आफ्नो नित्यकर्मा शुरु गर्ने थालनी गरी हाल्नुहोस् । १७ हरेक दिन हल्का शारिरिक ब्यायाम गर्नुहोस् आफुलाई हल्का थकाई महसुस नभईन्जेल सम्म । १८ चुरोट र रक्सी बन्द गर्नुहोस् आफुसुत्ने टाईम भन्दा २ घण्टा अगाडि देखी । १९ डिनर गरी सके पछि कफी वा सफ्ट ड्रिन्क नपिउनुहोस् । २० यदी तपाईंलाई सुत्नु अगाडि TV हेर्ने बानी छ भने कोठामा हल्का प्रकाश दिने बत्ती बलेको होस् र TV प्रोग्राम सके सम्म कमेडी खालको वा तपाईंको दिमागलाई तनाब नदिने खालको होस् । २१ तपाईंलाई सुत्नु अगाडि किताब पढ्ने बानी छ भने पनि कोठामा हल्का प्रकाश होस् र अली तार्किक बिषय भएकोकिताब पढ्ने गर्नुहोस् । २२ आफ्नो साथीहरु सँग साँझ तिर सके सम्म बहस नहोस् भन्ने तिर सतर्क हुनुहोस् , नत्र तपाईंलाई त्यो निन्द्राको लागि बिष जस्तै हुनेछ । २३ आफ्नो सुत्ने समय एउटै पार्ने कोशीस गर्नुहोस् । २४ डिनर गर्ने बेलामा धेरै नुनिलो खाना नखाने गर्नुहोस् । २५ सुत्नु भन्दा अगाडि एक गिलास मन तातो दुध पिउन नबिर्सिनुहोस् । यसले तपाईंलाई निन्द्रा लाग्नमा मद्घत गर्छ । २६ आफ्नो पति वा पत्नी लाई सोध्नुहोस् कि तपाईं कुन position मा गहिरो निन्द्रामा सुतेको थियो र सुत्दा खेरी त्यै position मा सुत्ने कोशीस गर्नुहोस् । २७ तपाईं ४ या ६ घण्टा मात्र सुत्ने गर्नुहोस् न कि ८ या त्यो भन्दा धेरै । २८ ३ मिनेट भन्दा धेरै समय खर्च नगर्नुहोस् तपाईंको दिनको प्रोब्लमको बारेमा सोच्न । २९ यदी तपाईं लाई एक्लै सुत्दा राम्रो निन्द्रा लाग्छ भने एक्लै नै सुत्ने ब्यबस्था मिलाउनुहोस् । ३० बेडमा जानु भन्दा अगाडि मन तातो पानीले नुहाउने गर्नुहोस् । ३१ नुहाउने पानीमा एक चम्चा baking Soda वा mustard powder हाल्दा राम्रो हुन्छ । ३२ सुत्नु भन्दा अगाडि खुट्टा राम्रो सँग धुने गर्नुहोस् । ३३ सुत्नु भन्दा अगाडि मधुर संगीत सुन्ने गर्नुहोस् । ३४ जब तपाईं बेडमा पल्तिनु हुन्छ आफ्नो जीवनको रमाइलो रमाईलो क्षणको कल्पना गर्नुहोस् । ३५ बेडमा पल्टि सके पछि आफ्नो शरिरकोहरेक मसलहरुलाई हल्का छाडी दिनुस् कतै कही अप्थ्यारो नहोस् । ३६ आफ्नो शरीर Relax भएको कल्पना गर्नुहोस् । ३७ गहिरो सास लिएर आफ्नो मन लाई concentrate गर्ने कोशीस गर्नुहोस्। ३८ यदी यि सबै प्रयास असफल भयो भने भेडाको बथानको कल्पना गरेर भेडा गन्ने कोशीस गर्नुस् । यो पनि एउटा राम्रो निन्द्राको औषधी प्रमाणित भएको छ ।
Posted on: Fri, 16 Aug 2013 17:33:32 +0000

Trending Topics



y-lifetime-Magpie-topic-10152593761849195">Doubt that this would be happening in my lifetime Magpie

Recently Viewed Topics




© 2015